काठमाडौं । सहकारीको कारोबारलाई डिजिटल तथा सहज र सरल बनाउने उद्देश्यले काठमाडौंमा पहिलो पटक ‘कोइली’ सेवा सुरु भएको छ ।
डिभाइस देवन सफ्ट प्रालि (आई स्मार्ट) ले काठमाडौं मै पहिलो पटक सहकारीबाट यो सेवा सुरु गरेको हो । काठमाडौको स्वयम्भुमा रहेको डिजिटल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई थप सेवा दिन यो सेवा सुरु गरेको जनाएको छ ।
सदस्यले सहकारी संग वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिन सकिने सेवा नै ‘कोइली’ हो ।
शनिबार संस्थाको दोश्रो बार्षिक साधारण सभामा सहकारीमा डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत यो सेवा सुरुगरिएको संस्थाका अध्यक्ष दिपकचन्द्र गौतमले जानकारी दिए ।
यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा सदस्यहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्नेछन् । यस डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ ।
आई स्मार्ट एप मार्फत सदस्यहरूले संस्थाकोे मोवाईल बैंकिङ सेवा प्रयोग गरी सम्पूर्ण जानकारी लिन सक्नेछन् भने, मोवाईल रिचार्ज, पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, बस टिकट आदीको बिल भुक्तानी पनि गर्न सक्नेछन् ।
त्यसैगरी सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत सेवाहरू लिन सकिने संस्थाले जनाएको छ ।
Leave a comment