हाइलाइट

डिजिटल ब्राण्डमा उद्योग संचालन गर्दै डिजिटल सहकारी

डिजिटल ब्राण्डमा उद्योग संचालन गर्दै डिजिटल सहकारी :: Sahakari Akhabar

काठमाडौं । स्वयम्भुमा रहेको डिजिटल बहुउद्देश्यीय सहकारी संस्थाले डिजिटल ब्राण्डमा विभिन्न उद्योगहरु संचालनको तयारी गरेको छ ।

संस्थाले शनिबार दोश्रो बार्षिक साधारण सभा गरी विभिन्न उद्योग संचालनको तयारी गरेको जनाएको छ । सभामा संस्थाका अध्यक्ष दिपकचन्द्र गौतमले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले संस्थाले नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने लप्सी, अमला, किवी, हलुवावेद, अदुवा, बोझो, सुंठो, यार्सागुम्वा, कफी, बयर, विमिरो, कुभिण्डो लगायतका रैथाने वस्तूहरु संकलन गरी अत्याधुनिक र उच्च प्रविधिको प्रयोग गरी अन्तराष्ट्रिय गुणस्तरको खाद्य सामाग्रीहरु उत्पादन गरी स्वदेश तथा विदेशका बजारहरुमा विक्री गर्ने जनाए ।

उनले यसकालागि किर्तिपुरको सम्पन्न वस्तीमा करीव एक रोपनी क्षेत्रफलमा अत्याधुनिक स्तरको डिजिटल हिमालयन स्वीटस एन ट्रीट्स उद्योगको स्थापना गरिएको र यहि माघ महिनावाट उद्योग औपचारिक रुपमा संचालनमा आउने जनाए ।

यस उद्योगको प्रारम्भिक अनुमानित अधिकतम लागत प्रथम चरणमा एक करोड हुने र दोश्रो चरणमा ६ करोड सम्म लगानी गर्ने योजना रहेको सभामा जानकारी दिए ।

त्यसैगरी संस्थाले यहि आर्थिक वर्षको अन्तिम तिर नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने सिवाकथोन फलको बियाँवाट तेल निकालेर अन्तराष्ट्रिय वजारमा विकि गर्ने उद्धेश्य राखेको जनाए ।

अध्यक्ष गौतमले सहकारीका सदस्यहरुद्धारा नै स्थापना गरिएको डिजिटल लिक्वर वल्र्डमा पनि वित्तिय सहयोग प्रदान गरी बिगत १८ महिना देखि राम्रो मुनाफा प्राप्त गरी गर्न सफल रहेको जनाए ।

त्यसैगरी संस्थाले काठमाण्डौ नेपा मण्डलको स्थानिय पेय पदार्थ उत्पादन गर्न र राष्ट्रिय अन्तराष्ट्रिय वजारमा विक्रि वितरण गर्न काठमाण्डौ महानगरपालिका संग अनुमती मागेको पनि जनाए ।

उनले सहकारीबाट आगामी आव देखि संचालनमा ल्याउने गरी अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सुविधा प्रदान गर्ने डिजिटल डाइग्नोसिस् सेन्टर, डिजिटल आईसक्रिम वल्र्ड, पोखरामा डिजिटल ज्वेलरी वल्र्ड स्थापनाको तयारी रहेको जनाए।

त्यसैगरी संस्थाले जेष्ठ नागरीकहरुको सुविधाको लागी एक डाक्टर र केहि नर्सहरु रहने गरी अन्तराष्ट्रिय मापदण्डको सुविधा भएको डिजिटल जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने पनि जानकारी दिए ।

सभामा संस्थाका सचिव अशोक खनालले आव ०७९ / ०८०को प्रतिवेदन तथा कोषाध्यक्ष युदेश सिंह महर्जनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका सदस्य रमेशचन्द्र गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थासंग ९४ लाख ४४ हजार ८८० रुपैंयाँ शेयर पूँजी, ३ करोड ४२ लाख ६५ हजार २७४ रुपैंयाँ बचत तथा ३ करोड ६ लाख ३२ हजार ८१० रुपैंयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।

सात वर्ष अघि गितामाता मावि बीजेश्वरी काठमाडौंबाट २०४९ सालमा एसएलसी उतिर्ण गरेका ११ जना साथिहरुको समुहले गितामाता एल्मुनाई एसोसिएसन संस्था दर्ता पछि मासिक रुपमा थोरै थोरै पैसा जम्मा गरी इन्भेष्टमेण्ट कम्पनी दर्ता गरेर जाने सोचकासाथ जी इलाभेन इन्भेष्टमेण्ट कम्पनी स्थापना भएको थियो ।

पछि तीनै समुहका साथीहरुको भेलाले आफूहरु बिच छरिएर रहेको पुँजीलाई एकिकृत गरी सुरक्षीत लगानी गर्ने र अन्य साथिलाई पनि समेटेर जाने योजना अनुरुप डिजिटल सहकारीको जन्म भएको थियो ।



Leave a comment