काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई संरक्षित पूँजी फिर्ताकोषको रकम बितरण गरेको छ । सदस्यलाई संरक्षित पूँजीकोषको रकम बितरण गर्ने जिल्लाकै पहिलो सहकारी भएको संस्थाको दावी छ ।
शुक्रबार मन्थलीमा एक कार्यक्रम गरी संस्थाको नाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा भएको २० लाख, ५९ हजार २४ रुपैयाँ रकम संस्थाका शेयर सदस्यहरूलाई बितरण गरेको हो ।
रामेछाप जिल्लामा अहिलेसम्म कुनै पनि सहकारीले संरक्षित पूँजी फिर्ता गर्न नसकेको नवजागरणले दिनथालेको संस्थाका ब्यवस्थापक रमेश उदाशले बताए ।
नवजागरण सकोसले संस्थाको नाफा एक करोड, १४ लाख १६ हजार ८१४ रुपैयाँ ९३ पैसाबाट संरक्षित पूँजी फिर्ता कोषमा भएको २० लाख ५९ हजार २४ रुपैयाँ ७९ पैसा रकम संस्थाका शेयर सदस्यहरूलाई बितरण गरेको व्यवस्थापक उदासले बताए ।
यसकोषबाट सबैभन्दा बढी ३० हजार ४१७ रुपैयाँ ५८ पैसा रकम प्रदान गरिएको र पाँच हजार भन्दा माथि रकम प्राप्त गर्ने शेयर सदस्यहरूलाई चेक मार्फत रकम वितरण गरिएको उनको भनाइ छ ।
कोषबाट प्रदान गरिएको रकम सम्पूर्ण शेयर सदस्यको शेयर बचत खातामा जम्मा गरिएको र संस्थामा ऋण कारोबार गरी ऋण भाखा नाघेका सदस्यहरूले प्राप्त गरेको रकम जगेडा कोषमा जम्मा गरिएको पनि व्यवस्थापक उदासले बताए ।
नवजागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता, वागमती प्रदेशसभा सदस्य आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको विशिष्ट आतिथ्यता भएको थियो ।
२०५७ साल साउन १२ गते डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भएर सञ्चालन आएको नवजागरण साकोसमा ९ हजार २४९ जना शेयर सदस्य रहेका छन् ।
के हो ? संरक्षित पुँजी फिर्ता कोष
संस्थाले सदस्यहरूलाई संस्थासँग गरेको कारोबारको अनुपातमा उनीहरूलाई लाभान्वित गराउन यो कोषको सिर्जना गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा ६९ अनुसार सहकारी संस्थाले वार्षिक शुद्ध बचत रकमबाट जगेडा कोषमा छुट्ट्याई बाँकी रहन आएको रकमलाई सय प्रतिशत मानी यो कोषमा कम्तीमा २५ प्रतिशत रकम छुट्ट्याई सदस्यहरूलाई उनीहरूले गरेको वार्षिक कारोबारको गणना गरी लाभांश वितरण गर्नुपर्दछ ।
सदस्यले लाभांश प्राप्त गर्दा कारोबारको अनुपातमा संस्थाभित्र समता कायम हुने गरी वा बढी कारोबार गर्नेले बढी र कम कारोबार गर्नेले कम प्राप्त गर्दछन् ।
Leave a comment