हाइलाइट

सहकारी बैंकको एकाइ स्तरको साधारणसभा शनिवार हुँदै

सहकारी बैंकको एकाइ स्तरको साधारणसभा शनिवार हुँदै :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकको प्रदेश अन्तर्गत एकाइ स्तरमा शनिवार हुने २० औं वार्षिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ ।साधारणसभा सात वटै प्रदेशहरूमा एकैदिन सदस्य सहकारी संघ / संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा हुने बैंकले जनाएको छ ।

साधारणसभाको कार्यसूचिमा रहेको प्रतिवेदन एकाइ–३, बागमती प्रदेशमा भौतिक र अन्य एकाइहरुमा भर्चुअल माध्यमबाट पेश हुनेछन् । बैंकको २० औं वार्षिक साधारणसभा एकाइ स्तरको मंसिर ३० गते हुने छ ।

सोही अनुसार कोशी प्रदेशको सम्पूर्ण जिल्लाहरूको लागि अतिथि सदन विराटनगर मोरङ्गमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूको लागि जनकपुरधाम उद्योग बाणिज्य संघ जनकपुरमा हुने छ ।

त्यसैगरी बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको लागि स्काई दरबार बैंकेंट सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृह कास्कीमा हुने छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको द– दरबार लन प्रालि रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको जिल्ला समन्वय समितिको सभाहल विरेन्द्रनगर, सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको रिद्धिसिद्धी पार्टी प्यालेस रातोपुल, धनगढीमा हुने छ ।

एकाइ साधारणसभाबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने (केन्द्रीय) सभा पुस ६ गते काठमाडौंमा हुने बैंकका अध्यक्ष उप्रेतीले बताउनु भयो । सम्पुर्ण एकाइहरुको सभा बिहान ११ बजेबाट शुरु हुने छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०८० / ०८० को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिकोतर्फबाट संयोजकद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९ / ०८० को प्रतिवेदन, आर्थिक वर्ष २०७९ / ०८० लेखापरिक्षण प्रतिवेदन, अन्य कोषको रकम जगेडा कोषमा स्थानान्तरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८० / ०८१ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमीक निर्धारण, विनियम संशोधन, कार्यविधिहरु थप तथा संशोधन, बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण, कार्यसुचिमा थप भएका प्रस्ताव, नियमनकारी निकायको निर्देशनको जानकारी, संस्थागत प्रतिनिधिको जानकारी, साधारणसभाको एकाइ बैठकको निर्णय पुस्तिकामा प्रमाणीत गर्न प्रतिनिधि तथा साधारणसभा (केन्द्र) को निर्णय प्रमाणित गर्न पठाउनु पर्ने एकाइ प्रतिनिधिहरुको चयन गर्ने सहित १३ वटा कार्यक्रमहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनु भयो । साधारणसभामा देशभरिबाट १६,०६० सहकारी संघ÷संस्थाका प्रतिनिधिहरु सहभागि हुनेछन् ।

साधारणसभामा भाग लिन आउने प्रतिनिधिहरुले आआफ्नो संघ÷संस्थाबाट प्रतिनिधि मनोनयन भएको आधिकारिक पत्रका साथै फोटो सहितको आफ्नो परिचय पत्र साथमा लिएर साधारणसभामा उपस्थित हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले यस अघिनै २० औं वार्षिक साधारणसभामा प्रस्तुत हुने आर्थिक वर्ष २०७९ / ०८० को प्रस्तावित वार्षिक प्रतिवेदनको विद्युतीय संस्करण बैंकको वेवसाइट, सामाजिक सञ्जालबाट सार्वजनिक गरिसकेको छ, भने सदस्य संघ / संस्थाहरुलाई इमेल र एसएमएसबाट प्रतिवेदन पठाइसकेको छ ।

त्यसैगरी सञ्चालक समितिबाट पारित भई २० औं वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश हुने विनियम एवम् कार्यविधिहरुको संशोधन÷थप मस्यौदा÷तीन महले विवरणहरु बैंककोे शाखा कार्यालयहरु वा केन्द्रीय कार्यालयमा अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकमा हालसम्म १६ हजार १ सय ५८ सहकारी संघ÷संस्थाहरु सदस्य रहेका छन् । बैंकको शेयर पूँजि २ अर्ब ७९ करोड, निक्षेप ५७ अर्ब, ऋण लगानी ३० अर्ब ८९ करोड रहेको छ ।



Leave a comment