हाइलाइट

सहकारीका समस्याको हल खोज्न एकदिने अन्तरक्रिया

सहकारीका समस्याको हल खोज्न एकदिने अन्तरक्रिया :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीका समस्याको हल खोज्न एकदिने अन्तरक्रिया गर्ने भएको छ । काठमाडौंमा मंसिर २९ गते ‘सहकारी क्षेत्रमा वर्तमान समयमा देखिएका समस्या र निराकरण’ विषयक कार्यक्रम हुने भएको हो ।

उपत्यकाका तीन जिल्लाका सहकारीकर्मीहरुसँग ‘सहकारी क्षेत्रमा वर्तमान समयमा देखिएका समस्या र निराकरण’ विषयक एक दिवसीय गोष्ठी गर्न लागिएको बागमती प्रदेश संघले जनाएको हो । कार्यक्रमको व्यवस्थापन बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले गर्ने भएका छन् ।

बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले अन्तरक्रिया कार्यक्रममा काठमाडौंबाट ८०, ललितपुरबाट ४० र भक्तपुरबाट ३० जना सहकारीकर्मीलाइ सहभागी गराइने जनाए । त्यसैगरी राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफस्कूनको समेत प्रतिनिधित्व रहने उनको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेश संघ, बागमती प्रोस्कून तथा उपत्यकाका सहकारी संघ र विषयगत संघहरुका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका साथै प्रारम्भिक संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूको सहभागिता रहने जनाइएको छ । उपत्यकाका तीनवटै जिल्ला संघले जिल्लामा सहकारी क्षेत्रको वर्तमान अवस्था र समाधानका उपाय सहितको कार्यपत्र प्रस्तुत गर्नेछन् ।



Leave a comment