हाइलाइट

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश प्रस्ताव

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश प्रस्ताव :: Sahakari Akhabar

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९र८० को वितरण योग्य मूनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

संस्थाको सञ्चालक समितिको २० औं बैठकबाट आर्थिक वर्ष २०७९र८० को वितरण योग्य मूनाफाबाट २०८० आषाढ मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी ३ अर्व ३३ करोड १६ लाख १८ हजार २०४ रुपैयाँको लाभांश बितरण गर्ने निणर्य गरेको जनाएको छ ।

बैंकले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बितरण गर्ने जनाएको छ । बंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय भएको जनाइएको छ ।



Leave a comment