नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा पुष ७ र ८ गते ४० सदस्य थपिए

नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा पुष ७ र ८ गते ४० सदस्य थपिए :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्वाचन सहितको साधारण सभा पुष ७ र ८ गते हुने भएको छ । संघको गत वर्षको साधारण सभाले मंसिर १ गते गर्ने निणर्य गरेपनि संचालक समितिले पुष ७ र ८ गते गर्ने निणय गरेको हो ।

संघको मंसिर ७ गते बसेको समितिको बैंठकले साधारण सभाको मिति तोकेको हो । साथै संघको बैठकले ४० वटा सहकारी संघ संस्थालाई सदस्यता समेत प्रदान गर्ने निणर्य गरेको संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

सहकारी संघ संस्थाले सदस्यलाई तीस दिन अगावै राष्ट्रिय दैनिक पत्रिका मार्फत सूचना प्रकाशन गरि साधारण सभाको जानकारी दिनुपर्ने कानुनी प्रावधान छ ।

संघले पुष ७ र ८ गते गर्ने बार्षिक साधारण सभाको निर्णय मंसिर ७ गते बसेको संचालक समितिको बैठकले गरेको हो । संघले ७ गते निणर्य गरेर आधिकारिक वेवसाइटमा राखिएको बताएपनि वेलुका मात्र न्यूजपोर्टलमा मात्र प्रकाशन गरेको हो ।

संघको ३२ औं बार्षिक साधारण सभा निर्वाचन सहितको सभा भएकोले निर्वाचनको वर्ष सदस्यता दिनु कैफिएत भएको एक सहकारीकर्मीले बताए। संघले  सभामा भाग लिन मंसिर मसान्त भित्र आधिकारिक प्रतिनिधि पठाउन पनि अनुरोध गरेको छ ।

आवद्ध संघ संस्थाहरुले कम्तीमा मासिक ५ सय वा नियमित बचतको १ प्रतिशतका दरले नियमित रुपमा वचत जम्मा गर्नुपर्ने बताएको छ । साधारण सभामा प्रतिनिधित्व गर्ने संस्थाको यस संघमा ऋणको भाखा ननाघेको हुनुपर्नेलगायत बताएको छ । 
 



Leave a comment