विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघको बचत १२ करोड ४४ लाख ५६ हजार ८७५ रुपैया ०३ पैसा रहेको छ । संघका कोषाध्यक्ष ढकबहादुर थापाद्धारा प्रस्तुत आर्थिक प्रतिेवदनका अनुसार संघकोशेयरपुँजी १ करोड ४७ लाख ६७ हजार ५ सय रुपैया रहेको छ भने जगेडा कोषमा ५९ लाख ७८ हजार १७८ रुपैया ७१ पैसा रहेको छ ।
संघको अन्य कोषमा ६३ लाख ९९ हजार ४९३ रुपैया ७७ पैसा रहेको छ भने ीस्थर सम्पती २९ लाख ८३ हजार २ रुपैयाा ६७ पैसा रहेको छ भने कुल सम्पति १५ करोड २७ लाख ४३ हजार २९४ रुपैया ३५ पैसा रहेको छ। संघको आफ्नै भवन रहेको छ । संघमा २६३ वटा प्रारम्भिक सहकारी आवद्ध भएका छन् ।
संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाको अध्यक्षतामा भएको साधारण सभामा सचिव जीवन बस्नेतले बार्षिक प्रगति प्रतिवेदन प्रस्ुतत गरेका थिए । प्रस्तुत प्रतिवेदनका अनुसार संघमा आवद्ध संस्थाहरु मध्ये १९४ वटा सहकारीको वित्तिय विवरण प्रस्तुत गरिएको थियो ।
संघमा आवद्ध भएका मध्येबाट प्राप्त वित्तिय विवरण अनुसार शेयर पूँजी २ अर्व ३० करोड रहेको छ भने कोष हिसाब २ अर्व ८ करोड रहेको छ । निक्षेप १२ अर्व ७८ करोड र ऋण लगानी १४ अर्व २६ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । स्थिर सम्पती ५५ करोड ८ लाख रहेको छ भने कुल सम्पति १८ अर्व ९० करोड रहेको छ ।
प्रस्तुत विवरण अनुसार १९४ वटा सहकारी मध्ये आफ्नै भवन भएका सहकारीको संख्या ८६ वटा रहेको छ भने सफ्टवेयरबाट कारोबार गर्ने संस्थाहरुको संख्या ११४ रहेको छ । सहकारीमा महिला १ लाख ३९ हजार ५०४ जना र पुरुष ९६ जहार ८१२ जना गरी जम्मा २ लाख ३६ हजार ३१६ जना सदस्य रहेका छन् । ५ सय ५५ जना महिला र ३ सय ६८ जना पुरुष गरी ९२३ जना कर्मचारी रहेका छन् ।
वासलातको आधारमा ५० करोड भन्दा बढी वासलात भएका सदस्इ संस्थाहरु ५ वटा, ३० देखि ५० करोडसम्म वासलात भएका सदस्य संस्था ५ वटा, २० देखि ३० सम्म वासलात भएका १२ वटा, १० देखि २० करोडसम्म वासलत भएका ४१ वटा, ५ देखि १० करोडसम्म वासलात भएका ३० वटा, १ करोड देखि ५ करोडसम्म वासलात भएका ८४ वटा, १ करोड भन्दा कम वासलात भएका १७ वटा र विवरण नबुझाउने ६९ वटा सहकारी सदस्य संस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीको लेखापरिक्षण नभएका कारण विवरण प्राप्त हुन नसकेको बस्नेतले जानकारी दिए । संघमा आवद्ध प्रारम्भिक सहकारी मध्ये ११ वटा सहकारीले एक्सेस ब्राण्ड, १३ वटा सहकारीले प्रोबेशन ब्राण्ड प्राप्त गरेको र ३४ वटा सहकारीले कब्र्स कार्यक्रममा आवद्ध भएका छन् ।
Leave a comment