महासंघद्वारा सहकारी साइबर सुरक्षा नीति पारित

महासंघद्वारा सहकारी साइबर सुरक्षा नीति पारित :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकरी महासंघले सहकारीमा साइबर सुरक्षाको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले सहकारीमा साइबर नीति पारित गरेको छ । असोज २१ गते महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा बसेको बैठकले सहकारीमा साइबर नीति २०८० पारित गरेको हो ।

बैठकले महासंघका सदस्य संघहरुलाई सहकारी ऐन २०७४ अनुसार आश्विन मसान्तभित्र वाह्य लेखा परिक्षण सम्पन्न गरी कात्र्तिक मसान्तभित्र महासंघमा समेत प्रतिबेदन बुझाउन परिपत्र गर्ने निर्णय गरेको जनाइएको छ । त्यसैगरी महासंघले ६ वटा प्रदेशस्तरीय संघ र ३ वटा जिल्लास्तरीय संघलाई सदस्यता प्रदान गरेको छ ।

यो सहित अब महासंघको ३१६ सदस्य पुगेको छ । महासंघले  लुम्बिनी प्रदेशस्तरी सहकारी संघ, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनी प्रदेश कृषि सहकारी संघ, कोशी प्रदेश सहकारी संघ, बागमती प्रदेश कृषि सहकारी संघ र सुदुरपश्चिम प्रदेश सहकारी संघलाई सदस्यता दिएको हो ।

त्यसैगरी नवलपरासी जिल्ला कृषि सहकारी संघ, नवलपरासी जिल्ला सामाजिक उद्यमी संघ र नवलपरासी जिल्ला बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीलाई सदस्यता दिइएको जनाएको छ । 
 



Leave a comment