सदस्यको विश्वास जित्ने काम गरौं : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल

सदस्यको विश्वास जित्ने काम गरौं : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल :: Sahakari Akhabar

रुपन्देही । नेफ्स्कून बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संघ संस्थाले सदस्यको विश्वास कमाउनेगरी काम गर्नुपर्ने बताएका छन् । उनले अहिलेको अवस्थामा सहकारीप्रति सदस्यले सकरात्मक सोच कम भएकोले त्यो सोचको परिवर्तन गर्न कामै गरेर देखाउनुपर्ने बताएका हुन् ।

देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारीको १८ औं बार्षिक साधारण सभाको युवासंगम सेवाकेन्द्रमा विस्तारित भेलालाई सम्बोधन गर्दै उनले सहकारीका सदस्यहरुले आफ्नो सस्थाको विकल्प खोज्नु भनेको अभियानले सहकारीको दिशनिर्देश गर्न नसकेको बताए ।

आफ्ना सदस्य संघ सस्थाहरुलाइ सहकारीका मूल्य, मान्यता सिद्धान्त आत्मसाथ गराउन सकेन अथवा नेतृत्वले सदस्य वा सदस्य सस्थाको बिश्वास आर्जन गर्न सकिरहेको छैन भन्ने बुझ्नुपर्छ उनले भने, आफुलाइ सच्याउन पर्दछ । उनले भने, सहकारीको साधारणसभालाई सूचनामुलुक बनाउदै सदस्यहरुको आकर्षण बढाउन सकियो भने, समुदायको सहकारीप्रति बिश्वास बढ्ने हुँदा सहकारी सस्थाहरुले आफ्नो सहकार्यको गति तीब्र बनाउन सक्छ्न र नियमक निकायको बिश्वास जित्न सक्छ्न ।

कार्यक्रममा संस्थाले सदस्यको निशुल्क स्वास्थ परिक्षण समेत गरेको छ । संस्थाका ९ वटा सेवाकेन्द्र र ६ वटा बचत संकलन काउन्टरमार्फत संस्थाले सेवा दिइरहेको छ । संस्थाले युवा संगम बचत तथा ऋण सहकारीसंग एकिकरण गरि असार २ गतेदेखि एकिकृत कारोबाग सुरु गरेको थियो । संस्थाले सामाजीक कार्यलाई निरन्तरता दिंदै दुर्घटना मृत्यु विमाको रकम १ लाखबाट वृद्धि गरी ४ लाख पुर्याएके संस्थाका अध्यक्ष सुबकान्त न्यौपानेले जानकारी दिए ।
 



Leave a comment