एकीकृत जनभावना साकोसमा १७.१५ प्रतिशत तरलता

एकीकृत जनभावना साकोसमा १७.१५ प्रतिशत तरलता :: Sahakari Akhabar

विराटनगर । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको तरलता १७.१५ प्रतिशत रहेको छ । सहकारीले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको विवरण अनुसार सहकारीमा ११ करोड ७१ लाख ८५ हजार ५२१ रुपैया तरलता रहेको छ ।

त्यसैगरी संस्थाकोे शेयरपुँजी ६ करोड ३७ लाख २४ हजार ४ सय रुपैंयाँ तथा बचत ६८ करोड ३० लाख ३६ हजार १६३ रुपैया १६३  रुपैया रहेको छ । संस्थाले ऋण लगानी ७१ करोड ५२ लाख ३ हजार ७५९ रुपैया ऋण लगानीमा रहेको जनाएको छ ।

संस्थाको बाह्य ऋण ४ करोड ४३ लाख २४ हजार ४५२ रुपैया छ । ४ करोड ८६ लाख ३९ हजार ८८५ रुपैयाको संस्थागत कोष रहेको छ । ८७ करोड ६९ लाख ८६ हजार ८३६ रुपैया सम्पति तथा अन्य कोषहरुमा ३ करोड ३२ लाख ८९ हजार १६६ रुपैया रहेको छ भने जम्मा कोषहरुमा ८ करोड १९ लाख २९ हजार ५१ रुपैया रहेको छ ।

सहकारी विभागले निर्देशन जारी गर्दै सहकारीहरुलाई मासिक वित्तिय विवरण सार्वजनिक गर्न निर्देशन दिएको भएपनि धेरै सहकारीहरुले वित्तिय विवरण सार्वजनिक गर्ने गरेका छैनन् । मोरङका केही सहकारीले मात्र वित्तिय विवरण सार्वजनिक गर्नेगरेका छन् । सुरुमा वित्तिय विवरण सार्वजनिक गर्ने सहकारीहरु पनि पछिल्लो समयमा विवरण सार्वजनिक गर्न छाडेका छन् ।



Leave a comment