काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आयोजना गर्नलागेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० सहभागीता जनाउन अनलाइनमार्फत फर्म भर्नसकिने छ । गोष्ठीमा सहभागिता जनाउन अनलाइन https://events.ncbl.coop मार्फत फारम भर्न सकिने सहकारी बैंकले जनाएको हो ।
“दिगो, पारदर्शी र जोखिम रहित सहकारी : लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिम सहित असोज २५ र २६ गते काठमाडौंमा उक्त गोष्ठी हुँदैछ । गोष्ठिमा सहकारी संघ÷संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ / संस्थाका प्रतिनिधीहरू गरि ५ सय जना भन्दा बढीको सहभागीता रहने बैंकले जनाएको छ ।
सहकारी संघ÷संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले गोष्ठी सञ्चालन गर्न लागेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।
गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुनेछ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठिले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।
बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ÷संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा ८ वटा विषयहरुमा कार्यपत्र प्रस्तुत हुने बैंकले जनाएको छ ।
Leave a comment