सहकारी बैंकमा ३९ प्रतिशत तरलता

सहकारी बैंकमा ३९ प्रतिशत तरलता :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले भदौ मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार ३९ प्रतिशत तरलता रहेको जनाएको छ।

प्रकाशित विवरण अनुसार सहकारी बैंकमा ३९.०७ प्रतिशत तरलता रहेको जनाएको हो । बैंकमा २ अर्व ७९ करोड ४४ लाख ३५ हजार रुपैंयाँ शेयरपूँजी तथा ५८ अर्व ६६ करोड ४ लाख ६८ हजार रुपैंयाँ बचत रहेको जनाएको छ ।

त्यसैगरी जगेडा कोषमा १ अर्व ४ करोड ९९ लाख २६ हजार रुपैंयाँ तथा विभिन्न कोषहरुमा ५० करोड ४४ लाख ३० हजार रुपैंयाँ रहेको जनाइएको छ ।

बैंकको भदौ मसान्तसम्म लगानीमा रहेको ऋण ३१ अर्व २६ करोड ८३ लाख ४५ हजार रुपैंयाँ रहेको छ । बैंकमा २२ अर्व ९२ करोड ७ लाख ५३ हजार रुपैंयाँ तरलता रहेको जनाएको छ ।

त्यसैगरी बैंकको ६६ अर्व ८१ करोड ४ लाख ७६ हजार रुपैंयाँ कुल सम्पति रहेको छ । १६ हजार १११ सदस्य रहेको बैंकले २ हजार ४०२ वटा संस्थालाई ऋण लगानी गरेको जनाएको छ ।



Leave a comment