Sahakari Akhabar

बिन्धवासिनी सहकारीमा ३ अर्व २१ करोड बचत तरलता १८ प्रतिशत 

बिन्धवासिनी सहकारीमा ३ अर्व २१ करोड बचत तरलता १८ प्रतिशत  :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा ३ अर्व २१ करोड बचत संकलन गरेको जनाएको छ । संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गर्दै  बचत ३ अर्व २१ करोड १० लाख २१ हजार ४२० रुपैयाँ रहेको जनाएको छ । त्यसैगरी संस्थामा १८.७० प्रतिशत अर्थात ६० करोड ४ लाख १७ हजार १६५ रुपैंयाँ तरलता रहेको जनाएको छ।

संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको जगेडा कोषमा ३५ करोड ८ लाख १० हजार ९१३ रुपैयाँ तथा अन्य कोषमा १९ करोड २१ लाख ३८ हजार २२५ रुपैयाँ पुगेको छ । संस्थामा ४९ करोड ३१ लाख ४४ हजार ५०० रुपैयाँ शेयर पूँजी तथा संस्थाले ३ अर्व ७० करोड १५ लाख १९ हजार ८०० रुपैया लगानी रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा ४ अर्व ६२ करोड ३२ लाख ६८ हजार ४६ कूल सम्पत्ति तथा ३५ करोड ७० लाख ६५ हजार ३५ रुपैयाँ कूल संस्थागत पूँजी रहेको जनाइएको छ । संस्थाका ५० हजार ८४० जना सदस्य रहेका छन् भने ११ हजार ६७८ जना सदस्यले ऋण सेवा लिएका छन् ।
 



Leave a comment