हाइलाइट

जनउत्थान सहकारीको जगेडाकोषमा २८ करोड ७० लाख

जनउत्थान सहकारीको जगेडाकोषमा २८ करोड ७० लाख :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार जगेडा कोषमा २८ करोड ७६ लाख ७० हजार ९०० रुपैयाँ तथा कर्जा जोखिम कोषमा ५ करोड २४ लाख ५४ हजार ७७० रुपैयाँ पुगेको छ ।

संस्थामा ३० करोड ८२ लाख ४५ हजार ८०० रुपैयाँ शेयर पूँजी, २ अर्व ५८ करोड ५२ लाख ८८ हजार ८०० रुपैया बचत रहेको जनाएको छ । संस्थाले २ अर्व ५७ करोड १० लाख ३२ हजार ३९१ रुपैया लगानी रहेको जनाइएको छ ।

संस्थामा २४.३८ प्रतिशत तरलता अर्थात ६३ करोड ४ लाख ७७ हजार ९९ रुपैयाँ तरलता रहेको जनाएको छ । त्यसैगरी संस्थामा ३ अर्व ४१ करोड ७३ लाख २९ हजार ७३८ कूल सम्पत्ति कूल रहेको जनाइएको छ । संस्थाका ४० हजार ७०० जना सदस्य मध्ये १० हजार २४२ जना सदस्यले ऋण सेवा लिएका छन् । १० वटा सेवाकेन्द्रबाट सेवा दिइरहेको संस्थामा ८७ जना कर्मचारी कार्यरत रहेका छन् ।
 



Leave a comment