हाइलाइट

सानाकिसान कृषि सहकारी बज्रबाराहीको कोषमा ३ करोड १३ लाख

सानाकिसान कृषि सहकारी बज्रबाराहीको कोषमा ३ करोड १३ लाख :: Sahakari Akhabar

काठमाडौं । मकवानपुरको बज्रबाराहीमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३ करोड १३ लाख ७७ हजार ६९४ रुपैया जगेडा कोष तथा ४८ लाख ९८ हजार ५२२ रुपैयाँ अन्य कोष रहेको जनाएको छ ।

त्यसैगरी संस्थासंग २१.३५ प्रतिशत अर्थात १ करोड २ लाख ५९ हजार ६५३ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थामा १ करोड ८० लाख ३० हजार २०० रुपैयाँ शेयर पूँजी, ४ करोड ८० लाख ५१ हजार ७४५ रुपैया बचत रहेको जनाएको छ ।

संस्थाको २४ करोड ८५ लाख ८५ हजार ६५८ रुपैया सदस्यलाई लगानी रहेको जनाएको छ । संस्थामा २९ करोड २० लाख ८ हजार ९३ रुपैयाँ कूल सम्पति रहेको जनाइएको छ । संस्थाका १ हजार ३३५ जना सदस्य मध्ये ४६१ जना ऋणी सदस्य रहेको जनाइएको छ ।



Leave a comment