हाइलाइट

किसान साकोसको साउनको वित्तिय बिवरण सार्वजनिक १९ करोड संस्थागत पूँजी

किसान साकोसको साउनको वित्तिय बिवरण सार्वजनिक १९ करोड संस्थागत पूँजी :: Sahakari Akhabar

काठमाडौं । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले साउनमसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा संस्थागत पूजी १९ करोड १५ लाख ३४ हजार २५३ रुपैयाँ रहेको छ । यसैगरी असारमसान्तमा २२.६६ प्रतिशत रहेको तरलता वृद्धि भई २३.१२ प्रतिशत अर्थात ६४ करोड २७ लाख ८९ हजार ७३७ रुपैयाँ तरलता रहेको जनाएको छ।

त्यसैगरी संस्थामा ३३ करोड ५० लाख ५९ हजार ८०० रुपैयाँ शेयर पूँजी, २ अर्व ७७ करोड ९६ लाख ६४ हजार १४७ रुपैया बचत रहेको जनाएको छ । संस्थामा १७ करोड ३९ लाख १५ हजार ७८७ रुपैया जगेडा कोष तथा १० करोड ६५ लाख १२ हजार ६३ रुपैयाँ अन्य कोष रहेको छ ।

संस्थाको २ अर्व ४४ करोड २७ लाख ४२ हजार ७७९ रुपैया लगानी रहेको जनाएको छ । संस्थामा ३ अर्व ४४ करोड ३९ लाख ३ हजार ५६७ रुपैयाँ कूल सम्पति रहेको जनाइएको छ । संस्थाका ८६ हजार ९५ जना सदस्य मध्ये १२ हजार २५३ जना ऋणी सदस्य रहेका छन् । संस्थाले २५ वटा संस्थासंग एकिकरण गरिसकेको छ भने संस्थाले सदस्यलाई मोवाइल बैंकिङ तथा एटिएम सेवा पनि दिएको छ ।



Leave a comment