हाइलाइट

हजारबढी सहकारीलाई डिजिटल सेवा दिइरहेको इन्फोडेभ्लोपर्स २१औं वर्षमा

हजारबढी सहकारीलाई डिजिटल सेवा दिइरहेको इन्फोडेभ्लोपर्स २१औं वर्षमा :: Sahakari Akhabar

काठमाडौं । नेपालको उत्कृष्ट सहकारी सफ्टवेयर कम्पनी ‘इन्फोडेभ्लोपर्स’ को २१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इन्फोडेभ्लोपर्सले गत शुक्रबार आफ्नो २१औँ वार्षिकत्सव मनाएको हो । कम्पनीले नेपालका सहकारीका साथै लघुवित्त तथा वित्तिय कम्पनीहरुलाई डिजिटल सेवा प्रदान गर्दै आएको छ ।

१ हजार ३ सय सहकारीलाई सेवा पुयाएको कम्पनीले लघुवित्त, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पूँजी बजारलगायतका कम्पनीमा इन्फोडेभ्लपर्सका सफ्टवेयर प्रयोग भइरहेको जनाइएको छ । दुई दशकअघि एउटा सानो कोठाबाट सुरु भएको कम्पनीले अहिले आफ्नै भवनबाट विभिन्न क्षेत्रमा डिजिटल सेवा प्रदान गर्दै आइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

डेभ्लोपर्सका हाल आठ वटा पोडक्ट बजारमा छन् । मोबाइल बैंकिङ सेवा, इन्फो ट्याब (ब्रान्चलेस बैंकिङ), वित्तीय सेवा, इन्फिनिटी, एमडबली, इम्पावर, वेल्थ प्रो । यिनै प्रोडक्टमार्फत डेभ्लोपर्सले देशलाई प्रविधिमैत्री बनाउने काम गरिरहेको छ ।

कम्पनीले बनाएका सफ्टवेयर सहकारीलगायत लघुवित्त, पुँजी बजार र बैंकिङ क्षेत्रमा प्रयोग भइरहेको प्रमुख कार्यकारी अधिकृत रघुवंशीले जानकारी दिए । नेपालसँगै भारत, भुटान र अमेरिकाबाट सेवा दिँदै आएको कम्पनीले साढे तीन सय बढीलाई रोजगार दिएको छ ।

डेभ्लोपर्सलाई विश्वस्तरीय बैंकिङ सोलुसनको रुपमा विकास गर्ने योजनासहित काम भइरहेको प्रमुख कार्यकारी अधिकृत रघुवंशील बताए । संस्थाले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम पनि गरेको थियो ।
 



Leave a comment