बज्रबाराही सानाकिसान कृषि सहकारीमा २५ प्रतिशत तरलता

बज्रबाराही सानाकिसान कृषि सहकारीमा २५ प्रतिशत तरलता :: Sahakari Akhabar

मकवानपुर । थाहानगरपालिका बज्रबाराहीमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा २५.६९ प्रतिशत अर्थात १ करोड २५ लाख ६९ हजार ७४ रुपैयाँ तरलता रहेको जनाएको छ ।

त्यसैगरी संस्थामा १ करोड ७९ लाख ६२ हजार २०० रुपैयाँ शेयर पूँजी, ४ करोड ८९ लाख १७ हजार ७६० रुपैया बचत रहेको जनाएको छ । संस्थामा ३ करोड १३ लाख ७७ हजार ६९४ रुपैया जगेडा कोष तथा ४८ लाख ९८ हजार ५२२ रुपैयाँ अन्य कोष रहेको छ ।

संस्थाको २५ करोड १ लाख ५६ हजार ७०५ रुपैया सदस्यलाई लगानी रहेको जनाएको छ । संस्थामा ३१ करोड ५७ लाख ८३ हजार ५२२ रुपैयाँ कूल सम्पति तथा संस्थाका १ हजार ३३५ जना सदस्य मध्ये ४८५जना ऋणी सदस्य रहेको जनाइएको छ ।



Leave a comment