उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट आधा दर्जन बढी संस्था पुरस्कृत 

उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट आधा दर्जन बढी संस्था पुरस्कृत  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट विभिन्न संघसंस्थाहरुलाई पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ / संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे ।

राष्ट्रिय सहकारी दिवसको दिन गत चैत २० गते घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार प्रदान गरिएको हो । जसअनुसार ५० हजार राशीको राष्ट्रिय सहकारी पुरस्कार–२०७९ बाट सहकारी अभियन्ता डा.शान्तराज शर्मा र उत्कृष्ट सहकारी पुरस्कार–२०७९ बाट जिल्ला सहकारी संघ काभ्रे पुरस्कृत भएको छ ।

यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७९ अन्तर्गत कोशी प्रदेशबाट साना किसान कृषि सहकारी अर्जुनधारा–३, झापा, मधेशबाट साना किसान कृषि सहकारी शंकरपुर–१०, सर्लाही, बागमतीबाट  ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण पनौती–६, काभ्रेपलाञ्चोक, गण्डकीबाट मल्लाज बहुउद्देश्यीय सहकारी जलजला–३, पर्वत, लुम्बिनीबाट तिलोत्तमा बहुमुखी सहकारी तिलोत्तमा–२, रुपन्देही, कर्णालीबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी त्रिपुरासुन्दरी, डोल्पा र सुदूरपश्चिमबाट जनकल्याण बचत तथा ऋण सहकारी टिकापुर, कैलाली पुरस्कृत भएका छन् । पुस्कृतलाई जनही २५ हजार रुपैयाँ  नगद समेत प्रदान गरिएको थियो ।



Leave a comment