झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार तरलता बृद्धि भएको छ ।
संस्थाको फागुन मसान्तमा २२.२२ प्रतिशत रहेको तरलता चैत्र मसान्तमा बृद्धि भएर २३.२७ प्रतिशत पुगेको छ । फागुमा २ अर्व ३६ करोड ८४ लाख ४३ हजार ७९५ रुपैंयाँ रहेको तरलता चैत्र महिनामा २ अर्व ४९ करोड ५८ लाख ९६ हजार ५७० रुपैंयाँ पुगेको छ ।
संस्थासँग जगेडा कोषमा १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ र अन्य विभिन्न कोषहरुमा ४४ करोड ३ लाख ३८ हजार ७२ रुपैयाँ रहेको छ ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार संस्थाको सेयर पूँजी १ अर्व ६४ करोड १३ लाख ३ हजार १ सय रुपैयाँ रहेको छ । त्यसैगरी बचत १० अर्ब ७२ करोड ४१ लाख ६७ हजार ५४२ रुपैयाँ छ भने ११ अर्ब ८८ करोड ९१ लाख १० हजार ९७ रुपैयाँ कर्जा लगानीमा रहेको छ ।
१५ अर्ब ६१ करोड ६० लाख २१ हजार ४८३ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थासँग १ अर्व १३ करोड ७९ लाख ८४ हजार ६२७ रुपैयाँ संस्थागत पूँजी रहेको छ ।
संस्थामा १ लाख ६० हजार २५९ सदस्य मध्ये ८२ हजार ९१ जनाले ऋण लिएका छन् । सहकारी विभागले हरेक महिनाको वित्तीय विवरण प्रकाशित गर्न सहकारी संघ संस्थालाई निर्देशन दिए अनुरुप संस्थाले चैत्र महिनाको वित्तीय विवरण प्रकाशित गरेको हो ।

Leave a comment