हाइलाइट

बिन्धवासिनी साकोसको चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक

बिन्धवासिनी साकोसको चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक :: Sahakari Akhabar

बनेपा । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार संस्थासँग जगेडा कोषमा ३० करोड ९१ लाख ६९ हजार ११ रुपैयाँ र अन्य विभिन्न कोषहरुमा १६ करोड १४ लाख १ हजार ८८ रुपैयाँ रहेको छ ।

संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार संस्थाको सेयर पूँजी ४७ करोड ५७ लाख ५ हजार ३ सय रुपैयाँ रहेको छ । त्यसैगरी ३ अर्ब ९ करोड ६ लाख ४६ हजार ४२८ रुपैयाँ बचत छ भने ३ अर्ब ६१ करोड ४५ लाख २९ हजार ९३१ रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

४ अर्ब ४७ करोड ६६ लाख ७६ हजार ६०९ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थासँग ५५ करोड ३३ लाख ४० हजार ५६७ रुपैयाँ अर्थात १७.९० प्रतिशत तरलता रहेको छ ।

संस्थागत पूँजी ३१ करोड ५८ लाख २० हजार ४१२ रुपैंयाँ रहेको संस्थामा ४९ हजार ८५ सदस्य मध्ये ११ हजार ९०४ जनाले ऋण लिएका छन् । सहकारी विभागले हरेक महिनाको वित्तीय विवरण प्रकाशित गर्न सहकारी संघ संस्थालाई निर्देशन दिए अनुरुप संस्थाले चैत्र महिनाको वित्तीय विवरण प्रकाशित गरेको हो ।



Leave a comment