हाइलाइट

चन्द्रागिरि साकोसको स्मार्ट सापटी सुविधा शुभारम्भ

चन्द्रागिरि साकोसको स्मार्ट सापटी सुविधा शुभारम्भ :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ सेवाको प्रयोगकर्ताहरुको लागि स्मार्ट सापटी सुविधा शुभारम्भ गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा स्मार्ट सापटी सुविधा शुभारम्भ गरेको हो ।

संस्थाका सदस्यहरुलाई अत्यावश्यक परेको समयमा कुनैपनि कागजात विना, कार्यालयमा उपस्थित नभइ स्वचालित रुपमा मोबाईल बैंकिङ सेवाको माध्यमबाट तुरुन्तै आफ्नो खातामा सापटीका रुपमा रकम प्राप्त गर्न सक्ने छन् ।

आफ्नो खातामा ब्यालेन्स सकिएको बेला तत्काल कुनै विलको भुक्तानी गर्ने, टपअप तथा रिजार्ज गर्ने, सानो सानो रकमहरु भुक्तानी गर्ने कार्यको लागि खासगरी विद्यार्थी र युवा सदस्यहरुको लागि यो सेवा उपयोगी हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

हाललाई परीक्षणको रुपमा न्युनतम  १० देखि अधिकत २ हजारसम्म सापटी लिन सकिने व्यवस्था गरिएको छ उनले भने, क्रमशः यस सेवाको प्रभावकारीताको मूल््याङ्कन पछी उक्त सिमा बृद्धि गर्ने योजना रहेको श्रेष्ठले बताए । लिएको सापटी मध्ये  १ हजारसम्मको सापटीमा २४ घण्टा सम्म ब्याज नलाग्ने व्यवस्था रहेको छ ।

एक पटक लिएको सापटी ३० दिन सम्म चलाउन सकिनेछ भने साफटी फिर्ता हुने वित्तीकै जुनसुकै बेलामा पुनः सापटी लिन सकिने व्यवस्था गरिएको छ । सापटी आवश्यक हुने सदस्यले मोबाईल बैंकिङ एप मार्फत आवेदन गरे पछी आवेदकको  साख मूल््याङ्कन भई स्वर्त आवेदन स्विकृत हने व्यवस्था गरिएको छ ।

कार्यक्रममा संस्थाले ऋणको विमा गरेका दिवगंत सदस्य मनहरि रिमालको हकवाला श्रीमती मैया रिमाललाई बिमक कम्पनी सिटिजन लाईफ इन्सोरेन्स लघुवित्त विशेषज्ञ शिव अधिकारीको रोहबरमा बिमाको दावी भुक्तानी तथा काजक्रिया खर्च समेत भुक्तानी गरेको थियो । साथै संस्थाको उच्च शिक्षा छात्रवृत्ति कोषमा भानु प्रकाश ढकालबाट एक लाख सहयोग प्राप्त भएको थियो ।

स्थापना दिवस व्यवस्थापन उप समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष हरिहर सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक सदस्यहरु, सल्लाहकारहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति, कर्मचारी व्यवस्थापनका साथै प्रविध साझेदार कम्पनि एमबैंक र प्रिमियम टेक्नोलोजीको समेत सहभागिता रहेको थियो ।

स्थापना दिवसमा कृतज्ञता सन्देश मार्फत संस्थाका अध्यक्ष योगेन्द्र कुमार कुँवरले संस्थाले सुशासन २२ औं स्थापना दिवस सम्म आईपुग्दा संस्थाले सहकारी क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल भएको र संस्थाले सुशासन, वित्तीय सक्षमता र दिगो सेवालाई मुख्य केन्द्रविन्दु बनाइ  सदस्यहरुलाई बजारमा वित्तीय संकुचन रहेको अवस्थामा समेत पर्याप्त तरलता संचय कायम गरी ऋण लगानीलाई समेत निरन्तरता दिईहेको बताए ।

संस्थामा हाल १६ हजार ९८४ जना सदस्य,  १७ करोड ६३ लाख शेयर पुँजी, १० करोड ६३ लाख संस्थागत पुँजी, २ अर्ब ५० करोड बचत र २अर्ब ,३ करोड ऋण लगानी गरी कुल सम्पत्ति ३ अर्ब, ८ करोडको रहेको जनाइएको छ ।



Leave a comment