चीना थापा । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले कारोबारको प्रकृति फेरेको छ । सहकारीले २२ औं बार्षिक साधारणसभाबाट निर्णय गरेर रजिष्ट्रार कार्यालयमा फाईल बुझाएको भएपनि दुई महिना अगाडि मात्र अनुमति दिएको सहकारीका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।
कर्मचारीको मात्र सहकारी भएका कारण धेरै काम गर्न नसकिने हुँदा बचत तथा ऋण सहकारी रुपमा परिवर्तन गरिएको उनले बताए ।
‘बहुमुखी भएपछि उदेश्यहरु धेरै भए, उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने’, उनले भने, ‘हामी कर्मचारी र कर्मचारीका परिवार सदस्य रहने कार्यविधि छ ।
कर्मचारीले त्यस्तो उद्योग धन्दा तथा कृषिको क्षेत्रमा काम गर्न पनि भ्याउँदैनन् । त्यसले गर्दा पनि सहकारीको उदेश्य परिवर्तन गर्नुपर्ने देखेर परिवर्तन गरिएको हो ।’
सहकारीले २५ औं बर्ष मनाउँदै
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङले शनिबार २४ औं बार्षिक साधारसभा गर्दैछ । तर, सहकारी स्थापना भएको २५ बर्ष भएका कारण २५ औं बर्ष भव्यताकासाथ मनाउने सहकारीले तयारी गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सहकारीले मोरङको सहकारीले ईतिहास बोकेकोले २५ औं बर्ष भव्यताका साथ मनाउने तयारी गरेको सहकारीका अध्यक्ष काफ्लेले बताए ।
२०४८ सालमा भएको कर्मचारी आन्दोलनबाट शिक्षा लिदैं २७ बर्ष अगाडि नेपाल निजामति कर्मचारी संगठन मोरङले प्रारम्भ गरेको कल्याण कोष नै अहिले सहकारीको रुपमा सञ्चालन भएको उनले बताए । २०५५ सालमा कोषमा १६ लाख जम्मा भएपछि अब बैधानिकता तर्फ जानुपर्छ भन्ने उदेश्यले नै २०५५ साल सान ४ गते विधिवत रुपमा दर्ता भई सहकारी सञ्चालनमा आएको काफ्लेले जानकारी दिए ।
सहकारीको अवधारणा र सुरुवाती नै मोरङ जिल्लाबाट भएका कारण मोरङको सहकारीले केही नयाँ नयाँ किसिमका गतिविधि गर्दै आएको र पछिल्लो दिनमा नी गर्दै जाने उनले बताए । अहिले ६८ जिल्लामा राष्ट्रसेवक सहकारी कुनै न कुनै रुपमा सञ्चालनमा रहेको काफ्लेले जानकारी दिए ।
सहकारीको सम्पति दायित्व साँढे ३६ करोड भन्दा बढी
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङको कूल सम्पति दायित्व ३६ करोड ५७ लाख ७७ हजार ८ सय रुपैया ७६ पैसा रहेको छ । सहकारीको शेयर पुँजी ५ करोड ९२ लाख ४१ हजार २ सय रुपैया रहेको छ भने कोष हिसाब २ करोड ५९ लाख ९० हजार ४३१ रुपैया ७० पैसा रहेको छ ।
सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रुपैया रहेको छ भने ऋण लगानी २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैया रहेको छ । सहकारीले कूल कारोबार ५४ करोड ८९ लाख ५५ हजार ९९३ रुपैया ६७ पैसा रहेको छ ।
सहकारीले महिला शेयर सदस्य सुत्केरी शिशु पोषण खर्च वापत ५ हजार वितरण गर्दै आएको जनाएको छ । त्यसैगरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७५ बर्ष नाघेका सदस्यलाई सम्मान स्वरुप उपचार खर्च वापत जनही २ हजार उपलब्ध गराउने गरेको सहकारीले जनाएको छ ।
सहकारीले विभन्न अक्षयकोष सञ्चालन गरेर संस्थामा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । सहकारीमा १८ सय १० जना शेयर सदस्य रहेका छन् ।
Leave a comment