ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा रामहरी बजगाई चुनिएका छन् । पहिलो कार्यकालमा कोभिडका कारण सबै काम गर्न नपाएको र ७० प्रतिशत साथीहरुले पुनः नेतृत्व गर्न अनुरोध गरेपछि आफ अघि सरेको उनले दावी गरे । राष्ट्रिय सहकारी बैंकका संचालक समेत रहेका बजगाईसँग संघको नेतृत्व चयनका साथै समग्र सहकारी अभियानको समस्याबारे केन्द्रीत रही सहकारी अखबारले गरेको कुराकानी :
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा निर्वाचनबाटै दोस्रो कार्यकालका लागि दावी गनुभयो । साथीहरुको विरोध हुँदाहुदै पुनः नेतृत्वमा आउनुपर्ने कारण के हो ?
यो विरोध भन्दा पनि लोकतान्त्रिक अभ्यास हो । प्रजातान्त्रिक अभ्यासको प्रक्रिया पनि हो । कोभिडको कारण मेरो अघिल्लो कार्यकालयमा पुरा काम गर्न पाइन । मैले गरेका प्रतिवद्धता अनुसार काम बाँकी छन् । यसैगरी ७० प्रतिशत सहकारीका साथीहरुले तपाईले नेतृत्व छोड्न पाउनुहुन्न, एक कार्यकाल तपाई नै हो भनेपछि स्वभाविक प्रक्रिया अनुसार मैल दावी गरेको हो।
पुरानो कार्यकालमा के गर्नुभयो, अब के गर्ने योजना छ त ?
संघमा मेरो नेतृत्व आएपछि वित्तीय कारोबार ४० करोडबाट २ अर्व १२ करोड पुगेको छ । यस्तै कोभिड, तरलता अभावजस्ता समस्यामा संस्थाहरुको अनुगमन गरी चलायमान गराउने, ढाडस दिने काम भएको । यो महिला नेतृ रोहिणी जोशीले स्थापना गर्नुभएको मुलुककै जेठो संघ भएकाले यसको छुट्टै पहिचान छ ।
संघले आफ्नो भवनमार्फत सेवा दिने उद्देश्य अनुसार ७ आना जग्गा किन्न सफल भएका छौं । संघहरुमा वित्तीय कारोबारको अपरिस्कृत वासलात सार्वजनिक गर्ने संघ बनेका छौं । जिल्लाका स्थानिय तहसँग मिलेर गरेका छौं । ललिपुरमा साकोस समिट गर्यौ। संस्थालाई दिगो बनाउन के गर्नुपर्छ भनेर ध्यान केन्द्रीत छ ।
जग्गा किनेपनि भवन निर्माण बाँकी छ । अनुगमन जति गर्नुपर्ने गरेका छैनौं । सँगसँगै सहकारीका पुस्तक, लेख रचनाको लाइब्रेरी बनाउने योजना छ । सहकारी भनेको बैंक हो भनेर बुझ्ने, लहडमा सहकारी संचालन गर्नेलाई सिकाउने योजना छ । सहकारीको सिद्धान्त मुल्य मान्यता र जोगाउदै त्यस अनुरुप संस्था निर्माण गर्नु हाम्रो दायित्व हो ।
कोभिडपछि तरलता अभावको समस्यामा छौं । त्यसमा सदस्यलाई जोगाउन केन्द्रीत भएका छौं । संस्थाहरुलाई सहयोग गर्न हेल्प डेक्स निर्माण गर्दैछौं । त्यसमार्फत सहकारीलाई आइपर्ने कानुनीलगायतका विविध समस्या समाधान गर्न सहयोग गछौं ।
उद्योग बाणिज्य महासंघ कति शक्तिशाली छ । त्यसैले महासंघलाई महासंघकै रुपमा लैजानुपर्छ । अहिलेसम्म त्यो विकास गर्न सकेका छैन । शिक्षा तालिम एउटै गर्ने, त्यहि प्रशिक्षक ल्याएर कार्यक्रम गर्ने, नचाउने, पैसा कमाउने तर्फ लाग्यौं । जिल्ला संघहरु मजबुत भएमात्र प्रारम्भिक संस्था बलियो हुन्छ भन्ने कुरा महासंघले बुझ्नुपर्छ ।
सरकार संचालनमा कांग्रेस, माओवादीको गठबन्धन भएपनि ललितपुर संघको चुनावमा ठिक उल्टो भयो । यसका कारण ललितपुरमा गठबन्धन सकियो भन्ने टिप्प्णी पनि भएको छ नि ?
सरकार संचालन जुन राजनीतिक सहमतिका आधारमा भएको छ, सहकारीलाई पनि त्यो रुपमा हेर्नु गलत हो । सहकारीमा यो फलानो, त्यो फलानो पार्टीको भन्ने विषय हुदैन । तर, म पनि गठबन्धन भित्रको एउटा कार्यकर्ताको नाताले इमान्दारिता गठबन्धनभित्र रहने सबै साथीहरुले राख्नुपर्ने होला नि । ललितपुरको सन्दर्भमा जतिवटा संघहरु छन् म समर्थित साथीहरुले लिड गरेको त म मात्रै होला ।
यहि पनि दिन हुदैन, उहाँहरुलाई अघि बढाउन हुदैन, उहाँहरुबाट यो चिज खोस्नुपर्छ । रामहरी बजगाई अध्यक्ष हुनुहुदैन किनकी उ फलानो रंगको हो भन्ने यस्ता खालका सोच राख्ने अनि गठबन्धन बचाउनुपर्छ भन्नु ताण्डब नृत्य मात्र हो । गठबन्धन जोगाउनका लागि मैले पनि अन्तिमसम्म महत्वपूर्ण भूमिका खेलेको हो ।
अग्रज सहकारीकर्मीले पनि यसमा भूमिका खेलेकै हो । तर मिल्न सकेन । यसैका कारण आम चुनावमा फरक पर्छ कि भन्ने सोचाई राख्नु गलत हुन्छ । किनकी सहकारी आफ्नो मूल्य मान्यताबाट अगाडी बढेको हुन्छ। स्वायत्त र स्वतन्त्र हुन्छ । वित्तीय कारोबार गर्ने संघमा यो पार्टी उ पार्टी भन्नु आफैमा विरोधाभाषा पनि हो । राजनीतिक पार्टीले पनि यसलाई स्वतन्त्र रुपमा छाड्नुपर्छ ।
ललितपुरमा गठबन्धनको जो ठूलो पाटी हो उसैले गर्दा यो परिणाम आएको हो । कसैले म ठूलो छु भन्ने घमण्ड गर्दैमा त्यसको पछि लाग्नुपर्छ भन्ने छैन । गठबन्धनका साथीहरुसँग सल्लाह गरेर निर्वाचनको मिति तय गरियो, सहमतिका लागि धेरै प्रयास पनि भए । तर सहमति हुन सकेन । यसले सरकार संचालन र गठबन्धनमा फरक पार्दैन । बजारमा गलत भ्रम फैलाइएको छ । आफुले जित्दा गठबन्धन हुने, आफुले हार्दा गठबन्धन नहुने भ्रम हो यसलाई चिर्नुपर्छ ।
जिल्ला संघ सक्रिय बनाउन लागिरहनुभएको छ । तर, संघिय मोडलमा जिल्ला संयन्त्रको भूमिका छैन, यसलाई खारेज गर्नुपर्ने बहस भइरहेको छ नि ?
हामी संघियता जानेर नजानेर स्वीकार गरेपनि यसको संरचनामा जानुपर्छ । तर संघियता कार्यान्वयन गर्दैगर्दा डिभिजन सहकारी कार्यालय नभएको अभाव खड्किएको छ । जिल्लामा जिल्लास्थित डिभिजन कार्यालय राख्नुपर्छ भन्ने साथीहरुमध्ये एक म पनि हो । अहिले पनि जिल्ला पुरै खारेज भएको छैन ।
जिल्ला समन्वय समिति बनेका छन् । त्यसैले जिल्लाभित्रका सहकारीका बहस पैरवी प्रवर्धन गर्न जिल्लास्तरिय संघ आवश्यक छ । संघिय सहकारी कानुनले पनि जिल्ला संघ विगठन गर्ने भनेको छैन र संसोधन नभएसम्म मान्नुपर्छ । भोली कानुनमा परिमार्जन भयो भने सबैले पालना सबैले गर्नुपर्छ । हामी पनि गछौं ।
जे अपील गरियो बैज्ञानिक रुपमा छलफल गरेर भएको हो । बरु संचारमाध्यममा गलत रुपमा आएको होे । हामीले समस्या भएका सहकारीमा मात्र संस्था बचाउनका लागि केहि समय ५ प्रतिशत बचत फिर्ताको ब्यवस्था गरौं भनेको हो । तर, समग्र सहकारीमा सिलिङ तोकियो भन्ने म्यासेज गयो ।
सबै संघहरु वित्तीय कारोबारमै केन्द्रीत हुन थालेका छन् । यसबाट विकृती आएको गुनासो छ नि ?
हामी अलिकति छाडा भएकै छौं । संघहरुले शिक्षा, तालिम,प्रवर्धन लविङ र एड्भोकेसीका काम गर्ने हो । प्रारम्भिक संस्थाहरुलाई परेका समस्याको हल गर्ने हो । त्यसमा हामी जान सकेका छैनौं । तर हामी बचत तथा ऋणको मुख्य कारोबार गर्ने र यसको उद्देश्यमा पनि बचत तथा र ऋण कारोबार गर्ने उल्लेख भएकाले सस्थाबाट बचत संकलन र उनीहरुलाई नै लगानी गर्ने काम गरिरहेका छौं ।
जिल्ला सहकारी संघ र अरु प्रकृतिका जिल्लास्तरिय संघहरुले भने बचत तथा ऋणको कारोबार गर्नु हुदैन । जुन उद्देश्य हो उद्देश्य अनुरुप गरौं । ललितपुरमा जिल्ला सहकारी संघले पनि अन्तरलगानी कार्यक्रम गरेको छ । त्यो अन्तरलगानी कार्यक्रमलाई रोकौं । संस्थागत रुपमा हामी छलफल पनि गछौं ।
बरु जिल्ला संघले शिक्षा तालिमको काम गर्ने र तरलता व्यवस्थापन काम बचत संघले गर्ने कि ? यसरी जसले पनि बचत तथा ऋणको मात्र कारोबार गर्दा विकृती फैलिएको छ । आफ्नो परिभाषित काम के हो त्यसमा हामी जानुपर्छ । यसमा बहस गरौ ललितपुर बचत संघले पनि बचत ऋण बाहेक अरु काम गर्ने भने कुनै समस्या छैन । तर संघहरुको काम परिभाषित हुनुपर्छ ।
पछिल्लो समयमा महासंघकै काममा अन्तरविरोध देखिन्छ ?
महासंघले सहकारीको बहस, पैरवीको काम गर्नुपर्ने हो । तर उहाँहरु आफना संघहरुलाई कसरी सवल बनाउने भन्दा पनि आफै प्रारम्भिक संस्थाबाट बोलाएर भटाभट तालिम गरिरहनु भएको छ । महासंघले नेृतृत्वदायी भूमिका निर्वाह गर्दा राज्यसँग बहस पैरवी गर्ने हो । त्यसका लागि महासंघलाई पैसा आवश्यक छ भने राज्यसँग लिने हो ।
उद्योग बाणिज्य महासंघ कति शक्तिशाली छ । त्यसैले महासंघलाई महासंघकै रुपमा लैजानुपर्छ । अहिलेसम्म त्यो विकास गर्न सकेका छैन । शिक्षा तालिम एउटै गर्ने, त्यहि प्रशिक्षक ल्याएर कार्यक्रम गर्ने, नचाउने, पैसा कमाउने तर्फ लाग्यौं । जिल्ला संघहरु मजबुत भएमात्र प्रारम्भिक संस्था बलियो हुन्छ भन्ने कुरा महासंघले बुझ्नुपर्छ । जिल्ला संघ र प्रारम्भिक संस्था बलियो हुन पनि महासंघ बलिलो चाहिन्छ ।
जिल्ला बचत संघ र नेफ्स्कूनको अन्तरविरोध के हो त ?
म विगतमा ४ वर्ष म बचत संघको अध्यक्ष हुँदा नेफ्स्कूनले एकपटक पनि बोलाएर मिलेर जानुपर्छ भन्ने धारणा राखेको छैन । नेफ्स्कून र बचत संघबिच ठूलो खाडल छ । सैद्धान्तिक रुपमा बहस छैन । जिल्लासंघ भएकै ठाउमा फिल्ड अफिस ल्याउने काम भएको छ । त्यहि एउटै संस्थामा सबै संघ पुगेको छ । कसले कुन भूमिका खेल्ने ? नेफ्सकून स्पष्ट हुन आवश्यक छ ।
अहिलेसम्म नेफ्सकूनलाई कमाई मात्र चाहिएको छ । अहिले देखिएका समस्यालाई फेस गर्ने विधि के हो । अनुगमन कसरी गर्ने ? स्पष्ट छैन । जिल्ला, प्रदेश केन्द्रीय संघ मिलेर प्रविधि निर्माण गरौं त्यसको कार्यान्वयन जिल्लामा जिल्ला संघले गर्छै नेफ्स्कून आउनै पदैन ।
त्यो भूमिका दिन पनि नसक्ने, सबै त्यहि प्रारम्भिक संस्थामा छिर्ने र हामीबिच अस्वस्थ प्रतिस्पर्धा गर्ने ? अहिलेसम्म नेफ्स्कूनको हेर्ने दृष्टिकोण दोहोरो छ । भेट्दा व्यक्तिगत रुपमा हार्दिकता मात्र हो । संस्थागत रुपमा नेफ्स्कनु र बचत संघको सबन्ध प्रगाढ हुन सकेको छैन ।
सहकारीको समस्या समाधान गर्न अभियानको तर्फबाट संयुक्त अपील जारी गर्न सक्रिय व्यक्तिमध्ये एक तपाई पनि हुनुहुन्छ । तर, ५ प्रतिशतमात्र बचत फिर्ता गर्ने प्रावधानले नकारात्मक प्रतिफल आयो भन्ने विश्लेषण छ नि ?
संयुक्त अपीलको हस्ताक्षर, सयन्त्र विशेष छलफल भाग लिएकाले मलाई त्यसप्रति पश्चाताप छैन । जे अपील गरियो बैज्ञानिक रुपमा छलफल गरेर भएको हो । बरु संचारमाध्यममा गलत रुपमा आएको होे । हामीले समस्या भएका सहकारीमा मात्र संस्था बचाउनका लागि केहि समय ५ प्रतिशत बचत फिर्ताको ब्यवस्था गरौं भनेको हो । तर, समग्र सहकारीमा सिलिङ तोकियो भन्ने म्यासेज गयो ।
बरु उक्त अपीलमा हस्ताक्षर गर्ने साथीहरुले बाहिर आएपछि दोहोरो चरित्र देखाउनुभयो । मैले त नगरौं भनेकै हो भनेको पनि सुनियो । तर अपीलमा अरु विषय धेरै राम्रा विषयहरु पनि आएका छन् जसबाट सहकारीको समस्या समाधान गर्न सहयोग गरेको छ ।
विषेश गरी सदस्यहरुलाई कन्भेन्स गर्ने काममा लाग्नुपर्छ । अहिले हल्लाको पछि लागेका सदस्यहरु पनि धेरै छन् । अर्कोतर्फ असुली कडाइका साथ गर्नुपर्छ । यो बेला संस्था बिग्रे हुन्थ्यो, ऋण तिर्नु पर्दैनथ्यो भने धुप हालेर बस्ने सदस्यहरु पनि छन् । त्यसैले छिटो भन्दा छिटो कर्जा असुली न्यायााधिकरण, कर्जा सूचना केन्द्र ल्याउनुपर्छ ।
तरलता अभावको समस्या गहिरिदै जाँदा सहकारीको भविश्यमा प्रश्नचिन्ह खडा भएको छ । यो अवस्थामा सहकारीलाई बचाउने कसरी ?
२०५७ मा सालमा पनि समस्या आएपछि सहकारी दर्ता प्रक्रिया रोकिएको हो । बेला बेलामा यस्तो समस्या आउने गरेको छ । व्यवसायी रुपमा संस्था खोलेर अनुत्पादक क्षेत्रमा लगानी गर्ने, संचालक आफैले चलाउने र त्यो रकम असुली नहुँदा समस्या भएको छ ।
अर्कोतर्फ सदस्यलाई गरेको लगानी पनि प्रक्रिया पुरा नगर्दा असुली हुन ग्राहो भएको छ । अर्कोतर्फ विश्वब्यापी रुपमा देखिएको आर्थिक मन्दीले घरजग्गा कारोबारलगायतमा व्यापार ब्यवसाय ठप्प हुँदा पनि समस्या भएको हो । यो अवस्थाबाट सहकारी अभियानलाई बचाउन लागि उद्देश्य र प्रकृति मिल्ले संस्थाहरुबिच एकिकरण गर्नुपर्छ ।
यो मौका पनि हो । लहै लहैमा एकिकरण भन्दा पनि सहकारी संस्था बचाउने गरी राज्यसहितको एकीकरणको योजना बनाउनुपर्छ । तरलता सहज भएका संस्थाले अर्को संस्थालाई सहयोग गर्नसक्छ । सदस्यलाई विश्वस्त बनाउने काम गर्नुपर्छ । त्यसका लागि लेखापरिक्षकले सूचकहरुको बारेमा सदस्यलाई जानकारी गराउन सक्छ ।
विषेश गरी सदस्यहरुलाई कन्भेन्स गर्ने काममा लाग्नुपर्छ । अहिले हल्लाको पछि लागेका सदस्यहरु पनि धेरै छन् । अर्कोतर्फ असुली कडाइका साथ गर्नुपर्छ । यो बेला संस्था बिग्रे हुन्थ्यो, ऋण तिर्नु पर्दैनथ्यो भने धुप हालेर बस्ने सदस्यहरु पनि छन् । त्यसैले छिटो भन्दा छिटो कर्जा असुली न्यायााधिकरण, कर्जा सूचना केन्द्र ल्याउनुपर्छ ।
त्यो नभएसम्म प्रहरीबाट प्रशासनबाट सहयोग लिएर भएपनि सहजिकरण गर्ने काम पनि राज्यले गर्नुपर्छ । बजारमा हल्ला सुनिन्छ, यो बेला जति संस्थाहरु जान्छन्, जान्छन् जति बच्छन् राम्रा संस्था बच्छन् अनि अभियान सुदृढिकरण हुन्छ भन्ने सुनिन्छ।
तर, एउटा कुहिएको आलुले सबै बोराका सबै आलुलाई बिगार्छ भनेजस्तै एउटा बिग्रेको संस्थालाई हामीले बचाउन सकेनौं भने सारा संस्थाहरुमा असर पर्छ । अर्थतन्त्रको खम्बा भनिरहँदा सहकारी बदनाम भए अर्थतन्त्रमा नै डामाडोल हुन्छ । त्यसैले यो बेला हामी जिम्मेवार ढंगले लाग्नुपर्छ, अभियान सुत्नेबेला छैन । चलायमान हुने बेला छ ।
संस्थाहरुमा त्रासको अवस्था छ । अब के गर्ने भन्ने छ । तर, पैसामात्र दिएर संस्था बचाउन सक्ने अवस्था पनि छैन । क्रिटिकल बेला हामी संयमित हुदै सदस्यहरुलाई सुसुचित गर्दै गलत काम गर्नेलाई दण्डित गर्दै राम्रो काम गर्नेलाई प्रोत्साहित गर्न लाग्नुपर्छ ।
Leave a comment