काठमाडौं । सहकारी संघसंस्थाको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको नव निर्वाचित संचालक तथा लेखा समितिको सपथग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रम थियो । जेठको १३ गते बुधबार बिहान ११ बजे (आज) सहकारी महासंघको सभाहल पुल्चोकमा । सातै प्रदेशबाट निर्वाचित संचालक तथा लेखा समितिका पदाधिकारी जम्मा भएका थिए।
निर्वाचन उपसमितिले निर्वाचितहरुलाई सपथ खुवाए र प्रमाणपत्र प्रदान गरे । मञ्चमा पार्टीगत संगै सहकारी बैंकका संचालक र सल्लाहकारको बरियताक्रम अनुसार अतिथि राखिएपनि भाषणको पालो नराखिएकोले निर्वाचन समितिका संयोजक र सदस्यले मात्र शुभकामना ब्यक्त गरे ।
बैंकका निवर्तमान भएका अध्यक्ष महेन्द्र गिरिले निर्वाचितलाई शुभकामना दिंदै भने, ‘अध्यक्षको जिम्मेवारीबाट बाहिरिरहँदा अलिक भावुक पनि भइदोरहेछ’ । थोरै समय लिखित बक्तब्य पढेर सुनाएका गिरिले आफु सहकारी बैंकमा १८ महिना अध्यक्षको जिम्मेवारीमा रहेको बताए ।
जिम्मेवारी सम्हाल्दैगर्दा विश्वासको संकट रहेको, सहकारी बैंक रहने की नरहने भन्ने अवस्थामा रहेको र चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको बताए । संकटपूर्ण अवस्थालाई चिर्न नबोली सामुहिक प्रयास गरेको र केही सकरात्मक नतिजा समेत देखाउन सकेको उनले बताए ।
आफूले बैंक बचाउन कर्मचारी कटौतीदेखि शाखा मर्जगर्नेसम्मको काम गरेको जनाए । साथीभाई संचालकलगायतलाई निर्मम भएर ऋणको काम गर्नुपरेको उनले बताए । बैंकको एनपिएल अझै रहेको र केही घटेपनि चुनौतिकै अवस्था रहेकोले नयाँ समितिले सामना गर्नसक्नुपर्ने उनको भनाइ थियो ।
नयाँ संचालहरुले आगोको भुंग्रोमा खुट्टा हालेकोले सजक र सतर्क रहन आग्रह गरे । उनले भने, अझै तीनवर्षसम्म नाफा बढ्नसक्ने अवस्थामा पुग्न गाह्रो छ, सिरियस भएर काम नगर्ने, रमाइलोको लागि अनावश्यक खर्च गर्ने काम भएभने, बैंक धरासायी हुने अवस्था आउँछ’ ।
उनले अझैपनि एककरोड वढी सेयर लगानी गरेका संस्थाहरुले प्रश्न गर्ने गरेको, शंका गर्ने गरेको भन्दै बैंक पूर्णरुपमा ब्यवसायिक बनाउन सल्लाह दिए । पहिलो पंक्तिमा संचालक र दोश्रो पंक्तिमा ब्यवस्थापनलाई राखेर ब्यवसायिक गतिविधि संचालन गर्न उनको आग्रह छ।
पूर्व संचालक र ठूलो सेयर पूँजी लगानी गरेको संस्थाहरुले ‘वाचडग’का रुपमा वर्तमान समितिको काम निगरानी गर्ने भन्दै, सकारात्मक भए पूर्णरुपमा सहयोग गर्नेसमेत बताए । साथै उनले नेफ्स्कून र बैंक बिच कार्यगत एकताको सम्झौता भइसकेकोले उक्त कार्यलाई निरन्तरता दिन आग्रह गरे । संगसंगै सहकारी बैंकमा निवर्तमान र सल्लाहकारका रुपमा कसैले सेवा सुविधा नपाउने ब्यवस्था समेत गरेको जनाए ।
सहकारी बैंक ब्यवसायिक संस्थाका रुपमा अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ काम गरेकोले थोरै भएपनि उपलब्धि हाँसिल गरेको उनको भनाइ थियो । विभिन्न आरोह अवरोह आएको स्मरण गर्दै उनले भने, तँलाई पख्लास, देखाइदिन्छु भनेर जेलभित्रबाट समेत विभिन्न थरिका धम्कीसम्म आए, सवैलाई वेवास्ता गर्दै आजको दिनसम्म आइपुगदा गर्वगर्न लायक बैंक बनेको उनको दावी छ ।
बैंकको अहिलेको अवस्थाले गर्दा राष्ट्र बैंकले अघोषित रुपमा लगाएको पिएसए खोल्ने बाताबरण बनेको बताए । सहकारी संस्था विशुद्ध वित्तिय संस्था नभएर सामाजिक समृद्धिको अभियान भएकोले, सदस्यको आर्थिक सामाजिक कर्ममा सहकारी बैंकले संस्थामार्फत मद्धत पुर्याउनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया