हाइलाइट

राम्रा सहकारीलाई बचाउने चुनौती छ

राम्रा सहकारीलाई बचाउने चुनौती छ :: Sahakari Akhabar

सहकारी क्षेत्रले यतिखेर विभन्न खाले संकटको सामना गर्दैछ, । तरला अभावको विषय एकातिर छैदैछ भने सहकारीबाट सदस्यले महिनौं देखि बचत फिर्ता नपाएर सडकमा आन्दोलन गरिरहेका विषय पनि छन् । सरकारले सदस्यको पैसा फिर्ता गर्ने बजेटमा घोषणा गरेपनि कामको थालनी भएको छैन । संगसंगै सहकारीका समस्या समाधानकालागि विभिन्न समितिलगायतका संरचना पनि बनिरहेका छन् । सरोकारवालाहरुले सहकारीका समस्याप्रति वेवास्ता गरेको आरोप त छंदैछ, सहकारीको योगदानको कदर नभएको गुनासो पनि छ । यी र यस्तै सहकारी र सरोकारका विषयमा सहकारी अखबारले काठमडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) की कोषाध्यक्ष तथा सज्जन महिला साकोस काठमाडौंकी अध्यक्ष सीमा पुरीसंग गरेको कुराकानीको सम्पादित अंशः 

सहकारीलाइ सदस्यले नाफा कमाउने संस्थाको रुपमा मात्र लिएको पाइन्छ नी ?

हाम्रो संस्थाले सदस्य बनाउन बजारमा विज्ञापन कहिल्यौ गर्नुपरेन, सदस्य आफैले अर्को सदस्य बनाउने प्रेरणा प्रदान गरेका छौं । सहकारीले सदस्यलाई वित्तिय कारोबार गर्ने संस्थाको रुपमा मात्र हेर्नु हुदैन । सहकारीलाई सदस्यले बित्तिय सेवा बाहेक अन्य कुराको फाइदा दिने संस्थाकारुमा हेर्नुपर्छ । सहकारी नगदमा बोनस बाढ्ने संस्था हैन । तरलता ब्यवस्थापनको चिन्ताले गर्दा ब्याज घटाएर लगानी बढाउने तयारी गरेका छौं ।

सहकारीमा किन समस्या आयो भन्ने लाग्छ ?

५५ सालतिर पनि सहकारीमा केही उतार चढाव आएको थियो तर त्यो समयमा सहकारीका बदमासी साना मात्र थिए, थोरै संख्यामा मात्र विकृति थियो नगन्य रुपमा मात्र समस्या भएपनि जनताले सहकारीलाई विश्वास चाँही गरेका थिए । हामीले सदस्यलाई सहकारीमा बढी ब्याजको प्रेसर दिनु हुन्न, ब्याजको लोभ गर्नु हुन्न, संस्था जोगाएर संस्थाबाट बित्तिय बाहेकका अन्य सेवा लिने बाताबरण बनाउनु पर्छ भनेर भनेका छौं ।

सहकारी भाञ्जा भाञ्जी, साला साली भाई भतिजालाई जागिर खुवाउने संस्था हुदै हैन, सहकारीमा पनि बित्तिय ज्ञान भएको, सक्षमताको खाँचो हुन्छ । तर यहाँ त्यसको बिपरित भएको छ । छरिएर रहेको पूँजी संकलन गरेर त्यसलाई ठूलो बनाउने काम सहकारीको हो, ठूलो ठूलो पूँजी संकलन गर्ने हाम्रो कामै हैन । अहिले सहकारीले आफ्नो दायरा बिर्सिएकै हो ।

सानो पूँजी नियमित बचत गर्ने र दिगो रुपमा ठूलो बनाउँदै जानुपर्ने संस्था हो सहकारी । शेयर बजार, जग्गा पल्टिङ, हाइड्रोमा लगानी गरेर सदस्यको पैसा अपचलज गर्न पाइदैन, गर्नुहुन्न सदस्यले गर्ने ब्यवसायलाई बढावा दिन सहकारीले सदस्यलाई लगानी गरिदिने हो । तर यहाँ त सहकारी आफैले लगानी गरेकोले समस्या आएको हो ।

सहकारीको मान्यतामा बसेको सदस्यलाई बिर्सियौं र एकैपटक लाखौं बचत गरिदिने सदस्यलाई सम्मान गर्ने र चियापानी खुवायौँ त्यसैले सहकारीमा जोखिम आयो । सदस्य केन्द्रीत भएर सदस्यलाई सहकारी सिकाउँदै नियमित बचत गर्ने र कारोबार गर्ने संस्थालाई कुनै समस्या छैन् । त्यस्ता संस्थालाई सदस्यले शंका गरेका पनि छैनन् ।

केही सहकारीमा संचालकले सहकारी बुझाउन नसक्नु संस्थामा सुशासन कायम गर्न नसक्नु र पदको दुरुपयोग गरेका कारण समस्या आएको हो । ब्याजको मोहमा केही सदस्य परेको देखियो भने लोभ पनि देखाइयो, कसै न कसैले ब्याजको प्रलोभनमा पारेकोले सदस्य अहिले सडकमा आउन बाध्य भए ।

सहकारी ठूलो रकम राख्ने संस्था हैन । करोडौं करोड पैसा भएको मानिस सहकारीमा आउने नै हैन । सहकारीले बिना योजनाका आवश्यकता भन्दा बढि निक्षेप संकलन गर्यो जसलाई परिचालन गर्नसक्ने क्षमता नै थिएन । त्यसैले त्यस्ता संस्था अहिले तरलताको चरम अभावमा छन् । नियमक निकायले बदमास गर्नेलाई सजाय र राम्रो गर्नेलाई प्रोत्साहन गर्न नसकेकै हो ।

सहकारी ठूलो बन्नै हुन्न भन्ने हैन, ठूला सहकारीले राम्रो गरेका धेरै उदाहरण पनि छन् । तर त्यस्ता संस्था एकै पटक  ठूला भएका हैनन् । उनीहरुले वित्तिय अनुशासन पुरा गरेका छन्, योजनावद्ध लगानी गरेका छन्, सानो सानो पूँजी संकलन गरेर धेरै वर्षपछि मात्र ठूलो भएका छन् । तर यहाँ एकै चोटी धेरै कमाउने गलत नियत राख्नाले संस्था समस्यामा परेका हुन् ।

अहिलेको चुनौती भनेको बचेका संस्थालाई यही अवस्थामा सकुशल राखिराख्नु पनि हो । तर यसकालागि अभियानका अभिभावकसंग त्यो उपाएको योजना नै छैन् । समस्याको छिटाले राम्रा भनिएका संस्थालाई पनि छोएको छ । नराम्रो गर्ने त विग्रिए तर राम्रो गर्दा गर्दै त्यो बाछिटा लग्यो भने बचाउने कसले ? कानुन कार्यान्वयन फितलो भएका कारण पनि गलत गर्न प्रसय मिलिरहेको छ ।

हाम्रा छाता संगठनको भूमिका निकै कमजोर भएकै हो । उहाँहरुले आ आफ्नो भूमिका निभाउन नसकेकै हो । हामीले नेपालको सहकारी अभियानलाई अन्तराष्ट्रियस्तरमा सञ्जाल त विस्तार गर्यौ तर सहकारी संस्कार भने भित्र्याउन सकेनौं ।

अभिभावक संघहरुले सहि ठाँउमा सहकारीका कुरा पुर्याउन नसक्नु, लविङ गर्न नसक्नु पुर्याय पनि त्यसलाई सम्बोधन गराउन नसक्नु संघहरुको कमजोरी हो । गर्नुपर्ने तहहरुसंग क्षमता भएर पनि सहि सदुपयोग गर्न सकेनन् । गलत प्रयोग भयो । यहाँ सहकारीमा समस्या भएर पनि समाधानको बाटो खोज्न नसक्नुमा अभियान र नियमक सबै दोषी छन् । यसको कारण राजनीतिक हस्तक्षेप हो भन्ने लाग्छ । सहकारी अभियानलाई राजनीतिको छाँयाले ढाकीसक्यो ।

सहकारीको योगदान के छन्, कुन कुराको योगदानको कदर भएन भन्ने लाग्छ ?

सहकारीको योगदान नै योगदान मात्र छन् जस्तो लाग्छ । सहकारीमा सम्भावना नै सम्भावना छन् भन्ने लाग्छ । यसको मिठासपनको अनुभूती गर्न पाएकै छैन, सहकारीको योगदानको चर्चा हुन पाएकै छैन् । सहकारीले सयकडा पाँचको प्रथालाई निर्मूल पारेकै हो, महिलालाई चुलो चौकोबाट बाहिर निकालेर स्वरोजगार, आत्मनिर्भर बनाउन भूमिका खेलेको छ ।

सर्वसाधारणलाई बचत गर्ने बानीको विकास गराउन पनि सहकारीले योगदान दिएको छ । आम सर्वसाधारणमा बित्तिय पहुँच पुर्याउन पनि सहकारीको योगदान छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा सहकार्य, सहयोग गर्ने समाजलाई एकआपसमा जोडेर अगाडी बढाउन सहकारीको योगदान छ । राज्यलाई कर संकलन गर्नेदेखि शिक्षा स्वास्थ्यलगायतको क्षेत्रमा सहकारीको योगदान छ ।

कहाँ के कमजोरी भयो ?

हामीसंग सहकारीका न समस्याको  तथ्याङ्क छ, न योगदानको तथ्याङ्क छ । यस कारण कुन सहकारीको अवस्था कस्तो हो, कति सहकारीमा कस्तो समस्या छ, कति सहकारीले कहाँ कस्तो योगदान दिएका छन् भन्ने विषयमा बोल्ने अवस्था छैन् ।

सहकारीमा स्वनियमनको सुत्र फेल भएको अवस्था हो । कोहीपनि स्वनियमनमा छैनन्, न सहकारीका अभियानकर्ता, न सदस्य, यसको गलत फाइदा मात्र उठाएको छन भन्ने लाग्छ । खबरदारीमा पनि कमजोरी भयो । अभियानकर्मीले सम्झन लायक काम गरेको पाइन्न ।

एक अर्काकामा हस्तक्षेप प्रवृति हावी भयो । अभियानको भलोमा भन्दा ब्यक्तिगत लाभका विषयमा अभियानकर्मी अल्झिएको अवस्था छ । गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्ने र राम्रोलाई भन्दा हाम्रोको नीति लागु हुँदा सहकारी अभियानले यो दिन भोग्नुपरेको हो ।

सहकारीको सुद्धिकरणमा कसले के गर्नुपर्ला ?

हामी जो जहाँ र जुन भूमिकामा छौं, त्यसले त्यहीबाट इमान्दारीका साथ आफ्नो काम गर्ने हो भने अभियान माथि उठ्न समय लाग्दैन । महासंघ, केन्द्रीय संघ, प्रदेश संघ जिल्ला संघको नेतृत्वमा रहेकाहरुले आ आफ्नो ठाँउबाट आआफ्नो भूमिका निर्वाह गर्नुपर्यो हस्तक्षेप गर्नुभएन । यतिखेर उहाँहरुको भूमिकाप्रति असन्तुष्ठ छन् सवै ।

अहिलेको अवस्थामा उहाँहरुले रिजल्ट आउनेगरी काम गर्ने समय हो तर त्यो भएको छैन् । अहिलेको चुनौती भनेको बचेका संस्थालाई यही अवस्थामा सकुशल राखिराख्नु पनि हो । तर यसकालागि अभियानका अभिभावकसंग त्यो उपाएको योजना नै छैन् । समस्याको छिटाले राम्रा भनिएका संस्थालाई पनि छोएको छ ।

नराम्रो गर्ने त विग्रिए तर राम्रो गर्दा गर्दै त्यो बाछिटा लग्यो भने बचाउने कसले ? कानुन कार्यान्वयन फितलो भएका कारण पनि गलत गर्न प्रसय मिलिरहेको छ । आफ्नाको पैसा बचाउन मै सबै संयन्त्र अल्झेको जस्तो लाग्छ । सदस्यको मनमा भएको डर भगाउनु पर्ने बेला छ अहिले, यसकालागि अभियानको भूमिका छैन ।

सहकारीको साख फर्किएला ?

सान्त्वना दिने हिसावमा सहकारीको साख फर्कन्छ भनिरहँदा अहिलेको अवस्थाले अबको एउटा पुस्तामा सहकारी प्रतिको विश्वास गुमेको छ, जाग्दैन । माइतीघर मण्डलामा दैनिक बचत फिर्ताको लागि धर्ना बसेकाहरुको पुस्ताले सहकारी प्रति कस्तो सोच राखेका होलान । अव जन्मिने बच्चाले सहकारीको सदस्यता लेला त ?

केही सहकारीको बदमासिले सिंगो अभियानको बदनाम भइरहँदा केही सहकारीका सदस्यहरु गलत संस्थामा जोडिन पुगेकोले सही सहकारीमा म पुगिनछु, सवै सहकारी बदमास् हैनन भनेर उहाँहरुलाई मार्ग निर्देश गर्ने कसले त ? त्यो आवश्यक छ । तर सही सहकारीसम्म सदस्यलाई पुर्याउने कामको अभिभावकीय ब्यवहार सहकारी संघहरुले गर्लान भन्ने मलाई लाग्दैन । बरु सञ्चारले सहकारीका सही काम आम सदस्यमाझ पुर्याउनसक्नु हुनेछ ।

अव के होला ?

सहकारीको इतिहाँस मरेर जाँदैन, पूनर्जागरणको आवश्यकता छ । सहकारीलाई सहकारी नै भएर संचालन गर्ने अवसरका रुपमा लिनु पर्छ अहिलेको समयलाई ।

सज्जन महिला साकोसको स्थापना ?

२०६६ सालमा काठमाडौं महानगरपालिकाका ४, ६, ७ र ८ वडाका ३२ जना महिलाहरुबाट १ लाख ६६ हजार शेयरपूँजी संकलन गरी यो संस्था स्थापना भएको हो । त्यसअघि महिला समूह थियो । समुहका ९० जना सदस्यबाट मासिक २५० रुपैंयाँ जम्मा गरेर ५ लाख पूँजी जम्मा भएपछि सहकारीमा दर्ता गरिएको हो ।

समुहबाट सहकारीमा किन ?

सहकारी स्थापना गरेर बचत तथा ऋणको कारोबार मात्र नभएर सामाजिक कार्य पनि गर्ने, महिलाहरुलाई उद्यमसंग जोड्ने, उनीहरुको क्षमता विकास गर्ने, स्वरोजगार बनाउने, आत्मनिर्भर बनाउने उद्धेश्यले संस्थाको संस्था स्थापना भएको हो । हामी निरन्तर सामाजिक कर्मका साथै सदस्यलाई वित्तिय सेवासंग जोडेर अगाडी बढीनैरहेका छौं ।

अहिले कुन अवस्थामा छ संस्था ?

संस्थाले असार मसान्तसम्म १ करोड ६७ लाख शेयर पूँजी, १० करोड २० लाख निक्षेप संकलन तथा ९ करोड १४ लाख ९४ हजार ऋण लगानी गरेको छ । जगेडा कोषमा १ करोड ११ लाख ५७ हजार र अन्य कोषमा ७० करोड ८५ लाख रहेको छ ।

१ हजार ९ सय ८३ जना सदस्य रहेको संस्थामा २५३ जना ऋणी सदस्य रहेका छन् । संस्थामा २६.९४ प्रतिशत तरलता रहेको संस्थाको कूल सम्पति १४ करोड ७ लाख १७ हजार रहेको छ । संस्थामा ३८ प्रतिशत पुरुष पनि सदस्य रहेका छन् ।

महिलालाई उद्यमसंग कसरी जोड्नुभएको छ ?

महिलाहरुलाई उद्यमसंग जोड्दै विभिन्न स्वरोगजारमूलक ब्यवसायमा आवद्ध गराएका छौं । संस्थाले उद्यमी महिलालाई कम ब्याजमा ऋण लगानी गर्ने गरेको छ भने अझै ब्याजदर कम गरी धेरै भन्दा धेरै महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । संस्थाले बार्षिकरुपमा उद्यमशिल महिलालाई सम्मान पनि गर्ने गरेको छ ।

संस्थाका सामाजिक कर्म ?

संस्थाले बर्षमा कम्तिमा १२ वटा विभिन्न सामाजिक कार्य गर्ने गरेको छ । सदस्यलाई सहकारी शिक्षा, सदस्यको निशूल्क स्वास्थ्य परिक्षण, अध्ययन भ्रमण, जेष्ठ नागरिक सदस्यलाई तिर्थाटन, रक्तदान जस्ता कार्यक्रम संस्थाले नियमित रुपमा गर्दै आएको छ ।

त्यसैगरी प्राकृतिक बिपत्तिमा सदस्यको घरघरमा विभिन्न सेवा दिइएको छ । कोभिडको समयमा ४६५ घरपरिवारलाई खाद्यान्न बितरण पनि गरेको थियौं । त्यसैगरी तीजलगायतका चाडपर्वमा सदस्य विषेश कार्यक्रम गरिरहेको छौं ।



Leave a comment