सरकारले सहकारीमा नियमन निकाय कमजोर हुँदा बिचलन आएको निष्कर्ष संगै नियमनकालागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरु लाई दर्ता अभिलेखिकरणका लागि आह्वान समेत गरेको छ र सहकारी दर्ता अभिलेखिकरणको समय यही चैत १७ गते सकिंदैछ । देशमा झण्डै १४ हजार कृषि सहकारीहरु स्थापना भएका छन् त्यसमा १४ सय जती साना किसान कृषि सहकारीहरु रहेका छन् । उनीहरुलाई पनि बचत ऋण सहकारीको आरोप लागिरहेको छ । आफूहरु बचत ऋण सहकारी नभएको उनीहरुको अडान छ । अस्पष्ट कानुनी ब्याख्याका कारण प्राधिकरणमा अभिलेखिकरणका लागि जाने कि नजाने अन्यौलमा रहेको अवस्थामा कृषि सहकारीका प्रतिनिधि पात्र साना किसान कृषि सहकारी पिप्ले चितवनका अध्यक्ष कृष्ण गुरुङ्गसंग सहकारी अखबारले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।
यस संस्थाको कार्यक्षेत्रमा साना किसान कृषि सहकारीको योगदान के छ ?
हाम्रा सदस्यहरु विषेशत भूमीहिन, कमआए भएका र किसानहरु हुन् । मुलत उनीहरुको अर्थिक सवलिकरणका लागि संस्थाले योगदान गर्नेगरेको छ । उनीहरुलाई शिक्षा स्वरोजगारमूलक तालिम दिएर आर्जन गर्न र बचत गर्न सिकाउने हो । त्यसकालागि सदस्यको आवश्यकता पहिचान गरी सेवा प्रदान गर्ने गरेका छौं ।
सदस्यको आवश्यकता आर्थिक हो भने उसलाई बचत ऋणको सेवा दिन्छौं, सदस्यको आवश्यकता शिक्षा तालिम हो भने संस्थाले उसलाई शिक्षा तालिम दिएर स्वरोजगार बनाउन लगानी गरिदिन्छौं । उसको आवश्यमता कृषिसंग सम्वन्धित हो भने यसमा पनि कृषि औजारदेखि मल बीउबिजन, औषधीलगायतका सेवा दिन्छौं ।
हिजोदेखि नै हामी हाम्रा सदस्यलाई आर्थिक सबलिकरणकालागि लागिपर्यौ र उहाँहरुको हैसियत आज धेरै माथि पुगिसकेको छ । दुईछाक जुटाउन मुस्किल हुने सदस्यहरुले आज देशविदेशमा आफ्ना सन्तानलाई पढ्न पठाउने, पिल्लरवाला घर बनाउने घरमा रंगिन टेलिभिजन राख्ने र मासिक एकलाखसम्म कमाउनसक्ने हैसियत बनाएका छौं ।
संस्थाले प्रदान गरिरहेको सेवा चाही के हो अहिले ?
संस्थाले सदस्यलाई बचत ऋणका अलवा कृषिलाई प्राथमिकता दिएर लगानी गरिरहेको छ । हाम्रा सदस्यले ब्यवसायिक रुपमा पशुपालन, खाद्यान्न तथा तरकारी उत्पादनलगायतका ब्यवसाय गरिरहनुभएको छ । उहाँहरुलाई आवश्यक पर्ने कृषि औजार, मल, बीउबिजन, औषधीलगायत सिप पनि संस्थाले नै उपलब्ध गराउँदैआएको छ ।
सदस्यले गरेको ब्यवसाय चाही के के हो ?
हाम्रा सदस्यले, गाई भैंसी, बाख्रा, कुखुरा, माछा, माहुरी पालनका साथै केरा खेती, तरकारीखेती, विभन्न बालिको बीउ उत्पादनका साथै विभिन्न रोजगार र स्वरोजगारमूलक ब्यवसाय पनि गर्नुभएको छ । संस्थाले उहाँहरुको त्यो ब्यवसायलाई टेवा पुग्नेगरी सहुलियतमा ऋण उपलब्ध गर्नेदेखि उहाँहरुको ब्यवसायलाई चाहिने मल बीउबिजन, भेटनरीसेवा, ढुटो चोकरलगायतका सहयोग गर्दैआएको छ ।
उहाँहरुले गाईभैसी पालेर दूध उत्पादन गर्नुहुन्छ र डेरीमा बेच्नुहुन्छ, खसी बाख्रा पालेर आम्दानी गर्नुहुन्छ, माहुरी पालन गरेर मह बेच्नुहुन्छ, तरकारी उत्पादन गरेर बिक्री गर्नुहुन्छ र त्यसबाट भएको आम्दानी संस्थामा बचत गर्नुहुन्छ ।
सहकारी मार्फत हामी धेरै कुरामा आत्मनिर्भर मात्र हैन निर्यात समेत गर्नसक्ने क्षमता छ, मात्र राज्यको साथ चाहिएको छ । सहकारी नियमन प्राधिकरणलाई मेरो अनुरोध, साना किसान कृषि सहकारी कृषिमा आधारित संस्था हुन्, त्यसैले बचत तथा ऋण सहकारीको दाँजोमा नराखिदिन विनम्र आग्रह छ ।
तपाइहरुपनि बचत ऋणमा सिमित हुनुभयो भन्ने आरोप छ नी ?
हाम्रो पहिलो प्राथमिकता कृषि हो, संस्थाले सदस्यको कृषिकर्मलाई प्राथमिकतामा राखेर सहुलियतमा लगानी गर्छ । उहाँहरुले आफ्नो ब्यवसायबाट गरेको आम्दानी संस्थामा गरेको बचत र सदस्यको ब्यवसायलाई संस्थाले कानुनी तवरमा गरेको लगानीलाई पनि बचत ऋणमा सिमित भन्नु गलत हो । संस्थाका सदस्यले बचत गर्न पाउनु र संस्थाले सदस्यलाई लगानी गर्न पाउनुपर्ने सहकारी सिद्धान्तलाई बचत ऋणमा सिमित भन्न सुहाउँदैन ।
हाम्रा हरेक कारोबार निस्वार्थ कृषक सदस्यको कृषिकर्मकालागि भएकाछन् । अरु सहकारी र कृषि सहकारीको बीचमा आकाश जमिनको भिन्नता छ । बास्तविकता नहेरी सबै सहकारीलाई एउटै हुन भन्न मिल्दैन । राज्यले अर्थतन्त्रको दरिलो खम्बा सहकारीलाई भनेको छ । यो कृषि सहकारीको आडमा भनेको हो र कृषि सहकारीले नै त्यो मर्म थेगेका छन् । हामी प्रमाणित गर्न सक्छौं ।
संस्थाको पनि ब्यवसाय छ ?
संस्थाले पनि सदस्यहरुको हितलाई ध्यानमा राखि कृषि कर्म गरेको छ । संस्थाले माहुरी पालन गरेर बीउ माहुरी उत्पादन गरी सदस्यलाई बितरण गर्छ । लगभग दुईसय घार महुरी पालन गरेको छ र त्यसबाट उत्पादन भएको मह बजार बेचेर संस्थालाई आम्दानी गर्छ ।
सदस्यलाई माहुरीको घार पनि बितरण गर्छ । तोरी मिल संचालन गरेको छ । कृषक सदस्यहरुले उत्पादन गरेको तोरी संस्थाले ब्यापारीले दिने मूल्य भन्दा पाँचसय रुपैंयाँ प्रति क्वीन्टल बढी मूल्यमा खरिद गरेर तेल पेलेर उपभोक्तालाई बजार मूल्यभन्दा पचास रुपैंयाँ सस्तोमा बिक्री गर्दैआएको छ ।
साथै संस्थाले विभिन्न जिल्लाका साना किसान कृषि सहकारीका सदस्यले उत्पादन गरेको चियापत्तिलगायतका सामाग्री खरिद गरेर संस्थाबाट बिक्री गरिरहेको छ । देश भरीमा साना किसान सहकारीका सदस्यले उत्पादन गरेको बस्तुहरु संकलन गरेर बिक्रीका लागि कोसेली घर निर्माण गर्दैछ, आगामी बैशाख एक गतेदेखि उक्त कोशेली घर संचालनमा आउँदैछ ।
संस्थाको गर्भिलो परियोजना के हो ?
संस्थाका सदस्यले गरेको सवै ब्यवसाय गर्भिला छन्, अहिले संस्थाले राष्ट्रिय कृषि परियोना संग लागत साझेदारीमा कृषक सदस्यहरुको ८० बिगाह खेतलाई चक्लाबन्दी गरेर सामुहिक खेती गर्ने तयारी गरिरहेको छ । त्यसमध्ये ३० बिगाह खेतमा संस्थाले नै धान रोपिदिने र ५० बिगाहमा धानको बीउ उत्पादनको तयारी गरिरहेका छौं ।
त्यसपछि सदस्यहरुको ब्यवसायको तथ्याङ्क संकलन गरेर ब्यवसाय बृद्धिका लागि कस्तो सहयोग आवश्यक हुन्छ, त्यसअनुसार लगानी गरी सदस्यको आर्थिक अवस्था बृद्धि गर्ने तयारी गरेका छौं । सदस्यलाई आधुनिक खेतिकालागि संस्थाले धान रोप्ने मेशिन उपलब्ध गराएको छ । सहकारी राइस मिल पनि स्थापना गर्दैछौं त्यमा सदस्यले उत्पादन गरेको धान भुसमात्र लिएर निशुल्क कुटानी पिसानी गरिदिने तयारी गरिरहेका छौं ।
हामी पूर्णरुपमा कृषि सहकारी हौं, सरोकारवालाहरुले हामीलाई फरक नजरले हेर्नुपर्यो । सबै सहकारी एउटै हुन भनेर हामीलाई दाग नलगाउन आग्रह गर्दछु ।
साना किसान कृषि सहकारीले बचत ऋण बिचलनको आरोप खेप्नुपरेको छ की छैन ?
देशभर रहेका झण्डै १३ सय भन्दा बढी कृषि सहकारीको फिण्ड अनुगमनको लागि सरोकारवालाहरुलाई आग्रह गर्दछु । हामीले आजका मितिसम्म बचत ऋणको विषयमा आरोप झेल्नुपरेको छैन । हामीमा त्यो बिचलनको समस्या पनि आएको छैन् । चाहे त्यो कोभिडको बेला होस् वा देशमा आएको आर्थिक मन्दीका बेला किन नहोस हामी जहिल्यौ नीति र बिधिमा छौं रहन्छौं पनि ।
त्यसैले म छाती ठोकेर भन्नसक्छु की त्यस्ता समस्या हामीकहाँ आउदैनन् पनि । तर अन्य सहकारीले गरेको ब्यवहारले गर्दा सरोकारवालाहरुले सबै सहकारी एउटै हुन् भनेर भनिदिंदा हाम्रो चित्त दुखेको छ । हामी बचत ऋण सहकारी हैनौं, हामी कृषि सहकारी नै हौं । प्रमाणित गर्नसक्छु ।
साना किसान कृषि सहकारीको पिडा के हो ?
हामी पूर्णरुपमा कृषि सहकारी हौं, सरोकारवालाहरुले हामीलाई फरक नजरले हेर्नुपर्यो । सबै सहकारी एउटै हुन भनेर हामीलाई दाग नलगाउन आग्रह गर्दछु । सदस्यले धान, मकै गहुँ, तोरीलगायतका खाद्य बालि उत्पादन गर्नेगरेका छन् । राज्यले समर्थन मूल्य तोक्छ तर ब्यपारीले किसानलाई समर्थन मूल्य दिदैनन्, समर्थन मूल्यको निकै कम मूल्यमा किसानले ति बस्तु बेच्नुपरेकोले किसान मारमा छन् ।
त्यसको नियन राज्यले गरेदेखि किसान मारमा पर्दैनथ्यो त्यो हुनसकेको छैन । त्यसैगरी हाम्रा सदस्यले उत्पादन गरेको तरकारीहरु निश्चित बजारको अभावले कम मूल्यमा बेच्नुपर्ने नत्र खेरफाल्नुपर्ने अवस्था छ, यतापट्टि राज्यको ध्यान जान जरुरी छ । हाम्रा सदस्यले उत्पादन गरेको दूधको पनि त्यस्तै छ ।
हाम्रा किसानले उत्पादन गरेको दूधको मूल्य पाउनपनि धेरै मुस्किल छ, राज्यले हाम्रा किसानलाई वेवास्ता गरेको छ । उत्पादनकालागि चितवन धेरै सम्भावना भएको क्षेत्र हो । यहाँ धान, तोरी, तरकारी, केरा, बाख्रा, गाई भैंसी कुखुरापालनका लागि धेरै सम्भावना छ तर राज्यको समर्थन मूल्य लागु नहुनु, बजारको अभाव छ ।
किसानको बालि र पशु विमाको ब्यवस्था आवश्यक छ । सहकारी मार्फत हामी धेरै कुरामा आत्मनिर्भर मात्र हैन निर्यात समेत गर्नसक्ने क्षमता छ, मात्र राज्यको साथ चाहिएको छ । सहकारी नियमन प्राधिकरणलाई मेरो अनुरोध, साना किसान कृषि सहकारी कृषिमा आधारित संस्था हुन्, त्यसैले बचत तथा ऋण सहकारीको दाँजोमा नराखिदिन विनम्र आग्रह छ ।
Leave a comment