सहकारीले सुन्दर संसारको निर्माण गर्छ । हामीले भनेका पनि छौं, हामी सुन्दर संसारको निर्माण गछौं । त्यही सुन्दर संसार निर्माणको लागि प्रतिवद्धता जनाउन हामी साकोस गोष्ठीमा सहभागी भएका छौं ।
हामीलाई थाहा छ, कोभिड–१९ हाम्रो बीचमा आयो । यसले हाम्रो जीवनलाई नै अस्तव्यस्त बनायो । पहिलो चरणमा सहकारीका सदस्यलाई प्रभाव पारेको कोभिड–१९ ले दोस्रो चरणमा संस्थालाई नै प्रभाव बनायो । अहिले यसको प्रभाव तेस्रो चरणमा छ र यो आर्थिक मन्दीको स्वरुपमा देखा परेको छ । आर्थिक मन्दीको स्वरुपमा आईरहदा विश्वव्यापी रुपमा सामना गरिरहेका छौं । सामना शक्ति निर्माण गर्नुपर्छ भनेर एक साथ अगाडि बढिरहेका छौं ।
अन्तर्राष्ट्रिय रुपमा देखा परेको आर्थिक मन्दि नेपालमा पनि हामीले विभिन्न ढंगले सामाना गरिरहेका छाैं । आय श्रृङ्खला विग्रदै छ । धन सिर्जनाका आयामहरु नष्ट हुँदै छन् । त्यसलाई पुनजागरित गर्न सकिएको छैन । सामाजिक जीवनमा यसले प्रभाव पारिरहेको छ । पछिल्लो दिनमा हेर्ने हो भने राज्यको प्रणालीमा असर गरिरहेको छ । रेमिट्यान्समा समस्या, मुद्रा सञ्चिति कमजोर हुने स्थिति, मुल्यवृद्धि बढिरहेको स्थिति र वित्तिय सन्तुलन र वित्तिय स्थिरता कायम गर्न नसकेको अवस्था भएपनि निराशाकै बीचमा साहसका साथ, चुनौतिकै बिचमा अवसरका साथ जुटिरहेका छौ । चुनौतिकै बिच अगाढी बढ्नका लागि हामीले शान्ति, समानता, श्रम, स्वतन्त्रता, प्रभुत्व र दुखका निम्ति हामीले नारा अगाडि सारेका छौ । सहकारी नाराले सुन्दर संसार निमार्ण गर्छ भन्ने अभिप्रायलाई हामीले संस्थागत गरेका छौं ।
दिगो विकास रणनीतिलाई हामीले अगाडि बढाएका छौं । जीवनको सहयात्री रुपमा सहकारी अभियानलाई परिचालन हुनुपर्छ । नागरिक, संसार र समृद्धिको यात्रासँग सहकारीलाई जोड्नुपर्छ । नियामक निकाय र सहकारीको अभियान्ताहरुको सम्वन्ध कस्तो हुने यो कुरालाई हामीले ध्यान दिनुपर्छ ।
मोरङको सहकारी अभियानले देशभरका सहकारीकर्मीलाई सिकाईरहेको छ । बैचारिक, भौतिक लगायत सबै पक्षको उत्कृष्ठ रुपमा मोरङ सफल भएको छ । स्थरीकरण कार्यक्रम मोरङबाट सुरु भएको हो । स्थिरीकरण र स्तरीकरण यी दुईले सहकारी क्षेत्रलाई अगाडि बढाउनेछ । यदि सहकारी जोखिममा गएभने यसलाई बचाउनको लागि हामीले कोष निर्माणका छौं । कोषबाट सहयोग हुन्छ । हामीले हाम्रो प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जानेछौं । कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरणको सुरुवात लगायतका काम अघि बढाउन पहल गरिरहेका छौं ।
अहिले केहि विधि, केहि विषयमा केहि केहि समस्याहरु देखा परेका छन् । ऐनमा पनि संशोधन गर्नुपर्ने केहि विषय छन् । ऐन कार्यान्वयका विषय केहि चुनौतीपूर्ण बन्दै गएका छन् । बचत र बचतको विविधिकरण, विमा, पैसाको विश्वभरी आवत जावत भईरहेको कुरालाई संस्थागत गर्ने कुरामा सहकारी अभियान अगाडि बढीरहेको छ । सामाजिक पुँजीको निर्माण, अन्तरसम्वन्धलाई संस्थागत गर्ने विषय नेफ्स्कुनले अगाडि बढाईरहेको छ ।
नेफ्स्कूनले सहकारी संस्थालाई प्रविधिको आधारमा एकैठाउँमा जोड्नको लागि कोशिस गरिरहेको छ । सहकारीले देशको वित्तिय क्षेत्रमा ठूलो योगदान पुर्याएको छ ।
अबको १० बर्षमा दोकान हुँदैनन् । अबको १० बर्षमा कोही पनि मानिस सामान किन्न बाहिर जानुपर्दैन । भर्चुअल बैंकहरु संस्थागत भएर गईरहेको अवस्थामा अब यसको विस्तार तीब्र रुपमा हुनेछ । मानिसहरुले पैसा देख्न पाउने छैनन् । अहिले प्रविधिले जसरी फड्को मारिरहेको छ । त्यही अनुसार हामी पनि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।
विश्व अहिले डिजिटलाईजेशनको सन्दर्भमा नयाँ आयाममा अगाडी बढिरहेको छ । डिजिटलाईजेशन र फाइनान्सियल एजुकेशन न्यू नर्मलको बेसिक प्लानको रुपमा जोडिएको छ । विश्वका धेरै देशले डिजिटल नेशन बनाउने अभियान शुरु गरेका छन् । सबै देशहरुले सन् २०३० सम्म इकोनोमी पेपरलेस्, क्यासलेस बनाउने ग्लोबल एजेन्डा बोकेका छन् । जापानले आफूलाई टोटल डिजिटलाईजेशन गर्ने घोषणा गरिसकेको छ । अब जापानमा पैसा छापिने छैन । दक्षिण कोरिया पनि सन् २०२५ सम्ममा पैसा नछाप्ने तयारीमा पुगेको छ । ग्लोबली डिजिटलाईजेशनको कुरा अझै फराकिलो ढंगले अगाडी बढेको छ । यसलाई अगाडी बढाउनका लागि फाइनान्सियल टेक्नोलोजी एजुकेशनको महत्वपूर्ण भूमिका रहनेछ ।
अब हामीले सबै एकै ठाउँबाट काम गर्न सकिने सफ्टवयर निर्माण गर्न गईरहेका छौं । हामीले अहिले ७५ जना इन्जिनियर लगाएर काम गरिरहेका छौं । नेफ्स्कूनले कोर बैंकिङ सिस्टमभित्र सबै डिजिटल पेमेन्टलाई राखेर एउटा साकोस कनेक्ट भन्ने नयाँ टेक्नोलोजीको सुरुवात गरेका छौँ । त्यसबाट हामीले ओम्नी च्यानल विकास गर्नेछौं । त्यसमा सबै किसिमका एकाउन्टिङ सफ्टवेयरहरु एकआपसमा अन्तर सहकारी कारोबार भुक्तानी गर्न सक्ने विधि बनाएका छौं ।
बचत तथा ऋण सहकारी संस्था, हाम्रो प्रारम्भिक संस्थाका सदस्य मात्रै यस भित्रका सदस्य हुने हुँदा अब नेपालका प्रारम्भिक संस्थाका सदस्यहरुले यो आधुनिक तहको एकाउन्टिङ सफ्टवेयर चलाएर एउटै छाताको शुरुवात गर्नुपर्नेछ । सबै साकोस कनेक्टलाई हामीले एपीआई कनेक्ट दिने भनेका छौँ । त्यसो हुँदा नेपाल भरि भएका सहकारी संस्थाले साकोस कनेक्ट प्रविधिलाई प्रयोग गरेर सबै सुविधा लिनेछन् ।
(जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजना भएको साकोस गोष्ठीमा प्रस्तुत मन्तव्यको सम्पादित अंश)
Leave a comment