विराटनगर । राष्ट्रिय सहकारी बैंकले प्रदेश १ का सात वटा शाखाबाट नियमित तथा उत्कृष्ट कारोबार गर्ने प्रत्येक शाखाबाट दुई दुई गरी १४ वटा सहकारीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने सहकारीहरुमा बैंकको फिदिम शाखाबाट, नियमिततर्फ केरेक चुम्बा कृषि सहकारी संस्था र उत्कृष्ट कारोबारतर्फ कञ्चनजंगा सामुदायिक बहुमुखी सहकारी संस्था, विर्तामोड शाखाबाट नियमिततर्फ संजिवनी बचत तथा ऋण र उत्कृष्टतर्फ श्री विराट बहुउदेश्यीय, मोरङको उर्लाबारी शाखाबाट नियमिततर्फ शुभचन्द्र सूर्य बचत तथा ऋण र उत्कृष्टतर्फ लर्डबुद्ध बचत तथा ऋणलाई सम्मान गरिएको छ ।
त्यसैगरी बैंकको ईटहरी शाखाबाट नियमित तर्फ टोल विकास लघुउद्यम सहकारी र उत्कृष्ट तर्फ चिरायु बचत तथा ऋण, धरान शाखाबाट नियमित तर्फ अषिश बचत तथा ऋण र उत्कृष्ट तर्फ गोर्खा बचत तथा ऋण, धनकुटा शाखाबाट नियमित तर्फ हिमाली ग्रामिण विधुत र उत्कृष्ट तर्फ शुलभ बचत तथा ऋणलाई सम्मान गरिएको छ ।
त्यस्तै विराटनगर शाखाबाट नियमिततर्फ लाभांवित बचत तथा ऋण र उत्कृष्ट तर्फ नेपाल कर्मचारी बहुउदेश्यीय लाई सम्मान गरिएको छ । गत बर्षहरुमा सहकारी बैंकले शाखा शाखामा नै कार्यक्रम गरेर पुरस्कार वितरण गर्ने गरेको भएपनि यो बर्ष सात वटै शाखाबाट नियमित तथा उत्कृष्ट कारोबार गर्ने सहकारीलाई एकै ठाउँमा सम्मान गरिएको सहकारी बैंकका विराटनगर शाखा प्रमुख प्रभु पोखरेलले जानकारी दिए ।
Leave a comment