काठमाडौं । हाम्रो बचत तथा ऋण सहकारी संस्था २४ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरको मंगलबजारमा खुल्ला रक्तदान गर्ने भएको छ । संस्थाले यसअघि कार्यक्षेत्र भित्रका केही सहकारी संस्थासँग एकीकरण गरिरहेको छ ।
२०५५ साल फागुन १३ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएको थियो । २९ जना सदस्य संस्थापक थिए । ४८ जना सदस्यको २ लाख ४५ हजार पुँजी बाट कारोबार सुरु गरेको संस्थाले जनाएको छ ।
संस्थामा हाल ६ हजार ५ सय सदस्य रहेको अध्यक्ष शम्भुप्रसाद फुँयालले बताए । संस्थाको १५ करोड शेयरपुँजी पुगेको छ । ९ करोड जगेडा कोष रहेको छ । १ अर्ब ७० करोड सम्पति तथा दायित्व पु¥याउन सफल भएको छ ।
सदस्यबाट बचत संकलन गरी सदस्यलाई नै ऋण लगानी मार्फत स्वारोजगार र व्यवसायी बनाई सदस्यको जिवनस्तरमा सुधार ल्याएको अध्यक्ष फुँयाल बताउँछन् ।
संस्थागत सुशासनलाई अझै मजबुत बनाउँदै सदस्यलाई समय सापेक्ष नीति विधि र प्रविधिको आधारमा विशिष्टीकृत सेवा दिने संस्थाले प्रतिवद्दता जनाएको छ ।
Leave a comment