काठमाडौं । नयाँ बानेश्वरको आलोकनगर गेटमा रहेको बसाह बचत तथा ऋण सहकारी संस्थामा १५ जनालाई रोजगारी अवसर खुलेको छ । संस्थाले कर्जा सहायक ४ जना र बजार प्रतिनिधि १५ जना माग गरेको हो । एएलसी÷एसईई उतीर्ण गरेका १५ जनालो बजार प्रतिनिधि पदमा रोजगारी पाउने छन् ।
त्यसैगरी दशजोड २ उर्तीण गरेका चार जनालाई कर्जा सहायकको रोजगारी खुलेको छ । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउँछन् । सहकारी क्षेत्रमा अनुभव भएको, मोटरसाइकल, स्कुटरको लाइसेन्स भएकालाई विशेष प्राथमिकता दिइने सूचनामा जनाइएको छ ।
इच्छुक तथा योग्यता पुगेकोले बयोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि तथा २ प्रति पासपोर्ट साइजको फोटोसहित आवेदन दिन सकिन्छ । प्रारम्भीक छनोटमा परेका मात्र परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

Leave a comment