‘अब सहकारीकर्मी चुप लागेर बस्नुहुन्न, जे लाग्छ, त्यही लेख्नुपर्छ’,‘लेख्न कन्जुस्याई गरे कारवाही भोगिन्छ ।’ उनले भने । ‘निर्देशन पालाना गर्ने सदस्य पहिचान गरेपछि पैसा लिन वाधा छैन तर पैसा कसरी आयो सोच्नुपर्छ । ’ उनले भने,‘सहकारीले जोखिम मूल्यांकन गर्नैपर्छ ।
काठमाडौं । नेपालमा सहकारी व्यवसाय फस्टाउँदै गएको छ । सहारीको संख्यासँगै कारोबारमा समेत वृद्धि हुँदै गएको छ । तर सहकारीमा प्रभावकारी नियमन हुन नसक्दा सहकारीमा संकट देखिन थालेको छ ।
सहकारीको नियममन फितलो छ । सहकारीलाई स्थानीय, प्रदेश र संघीय सरकारले नियमन गर्ने भनिए पनि तीनै तहबाट सहकारी नियमन हुन सकेको छैन । जसले गर्दा सहकारीमा जोखिम बढ्दै गएको छ ।
सहकारीमा प्रविधि प्रयोगमा पनि कमी छ । धेरै सहकारी प्रविधिमैत्री हुन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थामा जस्तो स्रोत खोज्ने चलन नहुँदा सहकारीमा कारोबार गर्न सजिलो हुन्छ । अर्थ मन्त्रालयका कार्यकारी निर्देशक हरिकुमार नेपालले अब सहकारी गोएमल सफ्टवेयर प्रयोग गर्नुपर्नमा जोड दिन्छन् । ‘सुरक्षित कारोबार गर्नका लागि गोएमल सफ्टवेयरमा जानैपर्छ’ उनले भने ।
देशभर ३० हजार सहकारी छन् । सरकारले ५० करोड भन्दा बढीको कारोबार गर्ने सहकारीलाई पहिलो चरणमा गोएमएल सफ्टवेयरमा समावेश गर्ने नीति लिएको छ । र अहिलेसम्म १४० सहकारी मात्रै यस सफ्टवेयरमा जोडिएका छन् ।
अधिकांश सहकारीलाई गोएमएलमा नगएको भन्दै कारवाही भइसक्नुपथ्र्र्यो तर कुनै सहकारीलाई पनि कारवाही भएको छैन । सरकारले सहकारीमा कडाइका साथ लान सकेको छैन । अर्थ मन्त्रालयका निर्देशक नेपाल कार्यान्वयनमा जोड दिइएपनि कडाइका साथ जान नसकिएको उनी बताउँछन् ।
अपराधका पैसा सहकारीमा आएको हुन सक्नेमा सहकारी सचेत हुनुपर्ने नेपाल बताउँछन् । ड्रग्स, कर छली,आतकंवाद, ठगीका, घुस खाएको पैसा सहकारीमा आएको हुन सक्नेप्रति सहकारी सजग हुनुपर्ने उनको सुझाव छ । अस्वभाविक कारोबार भएमा सहकारीले रिर्पोट गर्नुपर्ने भएपनि त्यसो नगरेको पाइएको छ ।
गैरकानुनी रकम बैंकमा लिएर राख्नु पनि अपराध हो । ट्रान्सफर हुनु नै जेल जाने माध्यम बन्न सक्छ । सहकारीले सव्न्धित निकायमा सुचना पठाउनुपर्ने नेपालको सुझाव छ । ‘न्यूनतम सबैलाई गर्नुपर्छ । अधिकतम धेरै कारोबार गर्नेलाई निगरानी गनैैपर्छ’ उनले भने ।
‘पैसा कहाँबाट आयो, ऋण कसरी तिर्यो, विश्वसनीय छ कि छैन, कसरी यस्तो भयो भनेर हेर्नुपर्छ ।’ उनी भन्छन्,‘विवेकले जे भन्छ, त्यसको रिर्पोट गर्नुपर्छ ।’ हरेक सहकारीले गो एमएल सेफ्टी कार्यविधि बनाउनैपर्ने उनले बताए । ‘रिक्स एसेसमेन्ट (जोखिम पत्ता लगाउने) गर्नुपर्छ सहकारीमा । अपराधको पैसा जहाँ पनि जान्छ, सहकारीमा पनि आउन सक्छ, होसियार हुनु पर्छ ।’
सहकारीमा आफ्नै सदस्य, आफै मालिक हुने भएकाले पनि ग्राहकको कारोबारलाई मूल्यांकन गरी अस्वभाविक लागे रिर्पोट गर्नुपर्ने नगरे सहकारी फस्ने नेपाल बताउँछन् । नियमित पारिश्रमिक, वार्षिकरुपमा आएको नाफा, पुँजी बेचेको सहकारीमा ल्याउन सक्छ । तर नियमित व्यापार गरेको पैसा सहकारीमा ल्याउन नपाइने भएकाले कस्तो रकम आइरहेको छ भनेर सचेत र सजग हुनुपर्ने उनको भनाइ छ ।
श्रीमानले घुस खाएको पैसा श्रीमतीले सहकारीमा राखेको हुनसक्नेप्रति सहकारीकर्मी चनाखो हुनुपर्छ । सहकारीमा गृहणी बचत खातामा अस्वभाविक कारोबार भइरहेको बताइन्छ । ‘गृहणीको नाममा असीमित पैसा आउँछ सहकारीमा । कुनै अपराध गरेको हुन सक्छ । कर नतिर्ने अपराध हो । त्यो खाता कसरी चलेको छ हेर्नुपर्छ सहकारीले’ नेपाल भन्छन् ।
भन्सार, यातायातमा काम गर्ने श्रीमानका श्रीमती सहकारीका सदस्य छन् भने सचेत भएर निगरानी गर्न नेपाल सकारीलाई सुझाव दिन्छन् । रिर्पोटिङ नगरे सहकारी फस्ने भएकाले त्यसतर्फ सचेत हुनैपर्ने उनी ठान्छन् ।
‘पैसा कहाँबाट आयो, ऋण कसरी तिर्यो, विश्वसनीय छ कि छैन, कसरी यस्तो भयो भनेर हेर्नुपर्छ ।’ उनी भन्छन्,‘विवेकले जे भन्छ, त्यसको रिर्पोट गर्नुपर्छ ।’ हरेक सहकारीले गो एमएल सेफ्टी कार्यविधि बनाउनैपर्ने उनले बताए । ‘रिक्स एसेसमेन्ट (जोखिम पत्ता लगाउने) गर्नुपर्छ सहकारीमा । अपराधको पैसा जहाँ पनि जान्छ, सहकारीमा पनि आउन सक्छ, होसियार हुनु पर्छ ।’
‘अब सहकारीकर्मी चुप लागेर बस्नुहुन्न, जे लाग्छ, त्यही लेख्नुपर्छ’,‘लेख्न कन्जुस्याई गरे कारवाही भोगिन्छ ।’ उनले भने । ‘निर्देशन पालाना गर्ने सदस्य पहिचान गरेपछि पैसा लिन वाधा छैन तर पैसा कसरी आयो सोच्नुपर्छ । ’ उनले भने,‘सहकारीले जोखिम मूल्यांकन गर्नैपर्छ ।
‘कालोधनलाई सेतो पार्न संस्थामा ल्याउनु, ट्रान्सफर गर्नु, ऋण लिनु पनि सम्पत्ति सुद्धिकरण कसुर हुने भएकाले सहकारीलाई माध्यम बनाएर त्यसो गर्न खोज्छन्, सचेत हुनुहोस्’ नेपाल भन्छन् । सदस्यलाई पैसा जम्मा गर्न बाधा नपार्र्ने, लगानी गर्ने । संस्थाको बिजनेस बढाउन सकिने भएपनि एसटिआरमा रिर्पोट गर्न भुल्न नहुने नेपालको सुझाव छ ।
‘सहकारीले कर्तव्य पालना नगर्दा अफ्ठारो पर्दा कसैले जोगाउँदैन’, उनले भने,‘विधि पु¥याएर पैसा लिने तर जहाँ शंका लाग्छ, त्यहाँ एसटिआर हाल्न नछोड्ने’ उनले भने । सहकारीले यस्तो व्यवसायमा यस्तो प्रकृतिको कारोबार हुन्छ भन्ने विषयमा सामान्यतयाः थाहा पाउनुपर्छ । सहकारीलाई निगरानी गर्न संघले छुट्टै पोलिसी बनाउनुपर्ने उनको भनाइ छ ।
Leave a comment