संघिय सहकारी विभाग र प्रशिक्षण केन्द्र मर्ज

संघिय सहकारी विभाग र प्रशिक्षण केन्द्र मर्ज :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र एकिकृत भएका छन् । सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकृत गरी सहकारी रजिस्ट्रारको कार्यालय भएको जनाइएको छ ।

सहकारी विभागले सूचना जारी गरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन तथा ब्यवस्थापन सर्वेक्षण हुँदा साविकको सहकारी विभाग र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र एकीकृत भई सहकारी रजिस्ट्रारको कार्यालय भएको जनाइएको हो ।

सहकारी रजिस्ट्रारको कार्यालयमा एक रजिस्ट्रार (सहसचिव) सहित ३७ दरबन्दी स्वीकृत गरिएको छ । यसअघि ती दुई निकायमा गरी कुल ५५ दरबन्दी कायम थियो ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000