हाइलाइट

कोशीका ४५० वटा संस्था निष्क्रय, सबैभन्दा धेरै झापामा १२० वटा (नामावली सहित)

कोशीका ४५० वटा संस्था निष्क्रय, सबैभन्दा धेरै झापामा १२० वटा (नामावली सहित) :: Sahakari Akhabar

काठमाडौं । कोशी प्रदेशमा ४५० वटा सहकारी संघसंस्था निष्क्रिय रहेको पाइएको छ । प्रदेशका निष्क्रिय संस्थामध्ये झापा जिल्लामा सबैभन्दा बढी १२० वटा संस्था निष्क्रिय रहेको पाइएको हो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले निष्क्रिय संघसंस्थाको विवरण सार्वजनिक गरेको हो ।

जसमा मोरङमा ७३ वटा, सुनसरी ४९ वटा निष्क्रिय संस्थाको नाम सार्वजनिक गरेको छ । त्यसैगरी इलामका ३९, ताप्लेजुङका ९, संखुवासभाका १२, सोलुखुम्बुका ११, धनकुटा १८, तेह्रथुम २२, पाँचथरका २०, भोजपुरका १७, ओखलढुङ्गा २३, खोटाङ १२ र उदयपुरका २५ वटा संस्थाको नाम सावैजनिक गरेको छ ।

कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघसंस्थाहरूले प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० को उपदफा (१) बमोजिम बुझाउनु पर्ने विवरण लगातार २ वर्षसम्म नबुझाएको जनाएको छ । सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र कार्यालयले तोकेको कागजात संलग्न राखि अद्यावधिक गराउन कार्यालेले भनेको छ ।




View PDF File in New Tab

Leave a comment