सिवाईसी साकोसको महिला लक्षित लघु उद्यम कार्यक्रमको सुरुवात

सिवाईसी साकोसको महिला लक्षित लघु उद्यम कार्यक्रमको सुरुवात :: Sahakari Akhabar

बागलुङ । सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले महिला लक्षित लघु उद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघु उद्यम कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमको संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले शुभारम्भ भएको घोषणा गरेका थिए । मालिका सदस्य सेवा केन्द्र बाग्लुङ अन्तर्गत बेनी नगरपालिका २ विमिराबोट केन्द्रलाई पहिलो लघुउद्यम विकास केन्द्रको बनेको छ ।

संस्थाले लघुउद्यम कार्यक्रम मार्फत जागरण, प्रवर्धन, विकास र सञ्जालीकरण गरी महिलाहरुको आयआर्जन वृद्धि गर्नुका साथै सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ ।

सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्नेजनाएकोे छ । संस्थाको कार्यक्षेत्र रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका उद्यमी बन्न इच्छुक महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिम मार्फत उद्यमशिलता विकास गरी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ । 

चालु आर्थिक वर्षमा लघुउद्यम कार्यक्रममा ३ हजार महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा ११ वटा सेवा केन्द्रमार्फत १२० वटा लघुउद्यम केन्द्रमा ३६ करोड पुँजी परिचालन गरिने सिवाईसी साकोसका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताए । 

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेले लघुउद्यम कार्यक्रमको शुभारम्भ तथा १२ औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको जानकारी गराए ।

उनले एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिष्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको बताए । संस्थाले आगामी आर्थिक बर्षमा सुरक्षित संस्था निर्माण गर्दै २९ हजार ५ सय सदस्य र ३ अर्व ५ करोड सम्पत्ति पुर्याउने लक्ष्य लिएको पौडेलले बताए । 




Leave a comment