काठमाण्डौं । गोकर्णेश्वर ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लोदनका बिच साझेदारी सम्झौता बमोजिम चालु आ.व.२०७८÷७९ मा सदस्य संस्थाहरु मार्फत वार्षिक रुपमा ५२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम अनुसार संस्थाले रतदानको आयोजना गरेको हो ।
विहान ९ बजेदेखि सुरु भएको कार्यक्रम ५६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष एवं नेफ्स्कूनका संचालक न्हुन्छेनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घघाटन समारोह संस्थाका सचिव शीव श्रेष्ठले संचालन गरेका थिए ।
कार्यक्रममा कास्कूनका संचालक तारानाथ सापकोटा, रीता श्रेष्ठ र कास्कून लेखा तथा प्रशासन सहायक अधिकृत लव सिंखडा, ब्लोदानका अध्यक्ष सानुबाबु प्रजाप्रती लगायतको उपस्थिती रहेको थियो ।
Leave a comment