सहकारी बैकद्धारा सुशासन विषयक तालिम

सहकारी बैकद्धारा सुशासन विषयक तालिम :: Sahakari Akhabar

कास्की । राष्ट्रिय सहकारी बैंक ताल्चोक शाखाले सहकारीमा सुशासन विषयक एक दिने तालिम बुधबार सम्पन्न गरेको । भर्चुअल माध्यमबाट आयोजना गरेको तालिमको बैंंकका अध्यक्ष के.बी.उप्रेतीले शुभाारम्भ गरेका थिए । उनले सहकारीलाई वित्तीय रुपमा सक्षम तथा संस्थागत रुपमा सुशासनयुक्त बनाउन आवश्यक रहेको बताए ।

उनले सहकारीहरुको संस्थागत अवस्थामा सुधार ल्याउनका लागि सहकारी बैंकले वित्तीय तथा गैर वित्तीय सेवाहरु सञ्चालन गरेको जानकारी दिए । बैंकका सञ्चालक सरिता भट्टराईले सहकारीलाई संस्थागत रुपमा सुशासनयुक्त बनाउन यसका संरचनाहरुको प्रभावकारिता आवश्यक रहेको बताइन ।

बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा सुशासन कायम गर्न, सहकारीमार्फत समाज रुपान्तरणका लागि सहकारी बैंकले राज्यका विभिन्न निकायहरुसंग समन्वय गरेर अगाडि बढेको बताए ।

तालिममा बैंकको ताल्चोक शाखा कार्यालय अन्तर्गत कारोबार गर्ने एक सय भन्दा बढी सहकारीका प्रतिनिधिको सहभागिता रहेको ताल्चोक शाखाका प्रमुख सन्तोष घिमिरेले जानकारी दिए । 



Leave a comment