हब कोअपरेटिभको बुटवल र कपिलबस्तुका सहकारीसंग एक दिने अन्तर्कृया

हब कोअपरेटिभको बुटवल र कपिलबस्तुका सहकारीसंग एक दिने अन्तर्कृया :: Sahakari Akhabar

काठमाण्डौँ । डिजिटल प्रविधि मार्फत सहकारीहरुको आर्थिक कारोवार गर्ने गराउने उद्देश्यले स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले बुटवल र कपिलबस्तुमा एकदिने अन्तरक्रिया कार्यक्रम गरेको छ । 

कार्यक्रममा हब कोअपरेटिभ सर्भिस लिमिटेडका संस्थापक अध्यक्ष हिरामणी पौडेलले सहकारीका सदस्यहरुलाई प्रविधिको प्रयोग गरी बिश्व स्तरीय सेवाहरु उपलब्ध गराउन सबै सहकारी संस्थाहरु आवद्ध हुन अनुरोध गरे । कार्यक्रममा हब सोलुसनका प्रमुख कार्यकारी अधिकृत के.एन मिश्रले हबको बारेमा प्रस्तुति गरेका थिए । 

हब कोअपरेटिभ सर्भिसले सहकारीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा, स्मार्ट मोबाईल बैंकिङ्ग सेवा, सहकारी–बैंक–सहकारी रकमान्तर सेवा, अन्तरसहकारी भुक्तानी सेवा, बचत तथा ऋण कारोवार, डिजिटल सेभिङ्ग तथा क्रेडिट सेवा, विलहरु भुक्तानी सेवा, वालेट लोड, फोन पे, स्क्यान पे, क्यु आर कोडलगायतको  सेवाहरु उपलब्ध गराउँने बताइएको छ  । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहिका अध्यक्ष भिम प्रसाद तुलाचनले वित्तीय कारोवारलाई पूर्ण रुपमा प्राविधिकिकरण गरी सहज र सुरक्षित सेवा प्रदान गर्न ढिलो गर्नु नहुने बताए ।

हव को–अपरेटिभ सर्भिसले कपिलवस्तुका सहकारीहरुबीच पनि अन्तक्रिया गरेको छ ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका निर्वतमान अध्यक्ष डिलारम भुसालले सहकारी क्षेत्रमा लामो अनुभव भएका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सक्रियता र

सहभागितामा सञ्चालन भएको हब को–अपरेटिभ सर्भिस लिमिटेडले ल्याएको डिजिटल सेवाहरु कपिलवस्तुका सहकारीहरुले संचालन गर्न सकेमा प्रविधिमा सहजता पाउने बताए । कार्यक्रलाई कपिलवस्तु जिल्ला बचत तथा क्रण सहकारी संघले सहकार्य गरेको थियो ।




Leave a comment