पोखरा रोयल साकोसका सदस्यले स्वास्थ्य उपचारमा विषेश छुट पाउने

पोखरा रोयल साकोसका सदस्यले स्वास्थ्य उपचारमा विषेश छुट पाउने :: Sahakari Akhabar

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका सदस्यले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । संस्था र हस्पिटल बीच सेवा उपलब्ध गराउने सम्वन्धि सम्झौता भएको छ ।

पोखरा रोयल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र ग्यालेक्सी हस्पिटलका अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात पोखरा रोयलका सदस्य, सदस्यका परिवार, संस्थामा कार्यरत कर्मचारी र कर्मचारीका परिवारले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउँदा हस्पिटलबाट फार्मेसीमा ७.५ प्रतिशत र अन्य सम्पूर्ण सेवामा १२ प्रतिशत सम्म छुट प्राप्त गर्ने पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।




Leave a comment