नगरपालिकाले सहकारीका बजार प्रतिनिधिलाई कारवाही गर्ने

नगरपालिकाले सहकारीका बजार प्रतिनिधिलाई कारवाही गर्ने :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर नगरपालिका कार्यालयले नगरपालिकासंग स्विकृति नलिइ संचालन गरेका सहकारीले नगरमा बचत संकलन गर्न आए बजार प्रतिनिधिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाले सूचना जारी गरी अन्य स्थानीय तहमा दर्ता भएका र मुख्य कार्यालय रहेका सहकारीका प्रतिनिधिले नगर भित्र दैनिक बचत संकलन गरेको भेटिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

सूचनामा दैनिक सहकारी भागेको समाचार आइरहेको र उक्त कार्यले नगरको बदनाम भएको भन्दै भक्तपुरवासीको रकम सुरक्षाकालागि नगरले सूचना जारी गरेको जनाएको छ । साथै नगरपालिकाको स्विकृति नभएका सहकारीमा बचत नगर्न पनि सूचनामा भनेको छ ।  




Leave a comment