‘सहकारी प्रवद्धर्न कोष’

‘सहकारी प्रवद्धर्न कोष’ :: Sahakari Akhabar

सहकारी ऐन–२०७४ मा सहकारी संस्थाले नाफाबाट ०.५ प्रतिशत सहकारी प्रवद्र्घन कोषमा रकम छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले २०७६ मा सहकारी प्रवद्र्घन कोष सञ्चालन कार्यविधि बनाएको थियो । जगेडा कोषमा रकम छुट्याएपछि बाँकी रहेको रकमको ०.५ प्रतिशत कोषमा वार्षिक रुपमा जम्मा गर्नु पर्ने ऐनमा प्रावधान छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहने कोषको पछिल्लो पटक २०७७ असार १५ मा सूचना प्रकाशन गरेर साउन १४ सम्म रकम जम्मा गर्न भनेको थियो । आर्थिक वर्ष २०७४/७५ देखि ०७६/७७ सम्म केही सहकारीले रकम जम्मा पनि गरेका छन् ।

सहकारी ऐन ०७४ को दफा ७० को उपदफा २ बमोजिम सहकारी संघसंस्थाहरुले कोषमा रकम जम्मा गनुपर्ने बताईएको छ । अहिलेसम्म  २९ हजार सकारीमध्ये एक हजार २ सय जति मात्र संस्था आबद्घ भएका छन् । कोषमा ४ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ ।

प्रवद्र्वन कोषमा जम्मा भएको रकम कसरी वितरण गर्ने भन्ने विषयमा अझै मोडेल निर्माण हुन सकेको छैन । यसै विषयमा सहकारी अखवारले केही सहकारीकर्मीसंग यस कोषको उपयोगीताका बारेमा जिज्ञासा राखेको छ ।

कार्यविधि बन्ला र बाँडफाँड होला

चक्र बस्नेत (संचालक सदस्यः बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ)

हामीले सहकारी प्रवद्र्धन कोषमा गत वर्ष रकम हालेका छौं । जम्मा गर्ने सर्कुलेसन हुँदा रकम जम्मा गरेका थियौं । यस वर्ष सर्कुलेसन नआएकाले गरेको छैन । जम्मा गर्ने मात्र भएको छ । यसबाट के काम हुने भन्ने विषयमा अझै जानकारी आएको छैन ।

कार्यविधि बन्ला र बाँडफाँड होला । प्रवद्र्धन कोष भनेपछि सहकारीको विकास, प्रवद्र्धन र सुरक्षणका लागि नै हो । शहरी क्षेत्रका सहकारीमा कथा व्याथा अर्कै छन् । कोष मार्फत सहकारीको सुरक्षण गर्नु पर्छ ।

कार्यविधि बनाएर सुरक्षित र प्रवद्र्धनका लागि खर्च गर्ने व्यवस्था गर्नु पर्छ । तर अहिलेसम्म गति नलिँदा गुनासो छ । सहकारी प्रवद्र्धन कोष, संरक्षित पुँजी फिर्ता  कोष राम्रो कन्सेप्ट हो । छिटो कार्यन्वयन हुनुपर्छ ।

इतिहास केलाउँदा सहकारीका केन्द्रीय संघहरुले वृति विकास गर्दै गएका छन् । सुरुवाती भन्दा अहिले राम्रो काम गरेका छन् । राम्रै काम गरेका उदाहरण पनि छन् । जसरी अगाडि बढाउनुपर्ने हो, त्यसरी हुन सकेको छैन ।

केन्द्रीय संघहरु त्यसरी मुभ हुन सकेका छैनन् । छाता संगठनले व्यवस्थापन गर्दैछन् । कार्यान्वयन फितलो हुनु हुँदैन । पहिलाको अवस्था भन्दा केन्द्रीय संघ सवल भएका छन् तर द्रुतगतिम नगएको देखिन्छ । ढिलोचाँडो सबल बनाउँदै लैजानुर्पछ । सहकारीको सुन्दर पक्ष भनिएपछि मोबिलाइजेसन नहुँदा अन्योल सिर्जना भएको छ ।

अन्योल नै छ

राधा कडरिया (पाठक), संचालक सदस्यः बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ

सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्ने तयारी छ । छिट्टै पठाउने योजनामा छौं । अहिलेसम्म जम्मा गरेका छैनौं । सहकारी प्रवद्र्धन कोषबारे कतिपय विषय अन्योल छ । अभियानमा जम्मा गर्ने कि नगर्ने भन्ने विषय उठेको छ ।

हाम्रो त खासै ठूलो एमाउन्ट छैन । अहिलेसम्म जम्मा गरेका छैनौं । छिट्टै जम्मा गर्ने निष्कर्षमा पुगेका छौं । यसको भविष्य के हो भन्ने आएको छैन । छाता संगठनहरुले उल्लेखनीय काम गरेको लाग्दैन । कोभिडको बेला पनि समस्या होला ।

केन्द्रीय संघहरुले उल्लेख्य काम नगरेको अवस्थामा प्रवद्र्धन कोषबाट केही काम होला भन्ने अपेक्षा छ । धेरै सहकारीले रकम जम्मा गरेका छैनन् । कतिपय संस्थाले जम्मा गरिसकेका छन् । जम्मा गर्दा के हुन्छ, नगर्दा के हुन्छ भन्ने विषयमा सदस्यहरुलाई बुझाउनै गाह्रो भएको छ । स्पष्ट मार्गचित्र नआएकाले पनि अन्योल कायमै छ ।

हामीले जम्मा गरेका छैनौं

सीता दाहाल (भट्टराई ) कोषाध्यक्ष : जिल्ला सहकारी संघ, काठमाण्डौ

सहकारी प्रवद्र्धन कोषमा धेरै सहकारीले पैसा जम्मा गरेका छैनन् । हामीले पनि जम्मा गरेका छैनौं । सबैले राख्न थालेपछि हामीले पनि राख्ने हो । कोषमा रकम छुट्टाएर मात्र भएन । प्रारम्भीक सहकारी संस्थााई रिटन पनि आउनुपर्छ ।

रिटन आउँछ कि आउँदैन भन्ने अन्योल छ । सर्वसाधारणको पैसा जति रकम लिएपनि रिटन गर्नुपर्छ । त्यसकारण पनि कोषमा रकम जम्मा गरेर मात्र पनि हुँदैन । संस्थाको हितका लागि सरकारले टेवा पुग्नेखालको सहयोग गर्नु पर्छ  ।

कोषको रकम सदुपयोग होस् । नराम्रो त होइन तर कोषमा राख्दा हामीले धेरै कुरामा ध्यान पु¥याउनु पर्छ । केन्द्रीय संघहरुले काम गरिरहेका छन् । अझ राम्रो गर्न कोशिस पनि गरिरहेका छन् ।

सदस्य संस्थालाई फाइदा के हुन्छ ?

सीमा पुरी (अध्यक्ष : सज्जन महिला साकोस, काठमाण्डौ)

प्रवद्र्धन कोष सुरुवात भएको समय भन्दा अहिले बिल्कुल फरक परिस्थिति छ । कोभिडले सहकारी टिकाउन समस्या परिरहेको छ । विगतका वर्षभन्दा बढी अहिले असर देखा परिरहेको छ । कोषमा रकम जम्मा गर्दा सदस्य संस्थालाई फाइदा के हुन्छ भन्ने विषय खुलेको छैन ।

केन्द्रीय संघको भूमिका के हुने अन्योल छ । हामीले सहकारी प्रवद्र्धन कोषमा ३ वर्षदेखि योगदान गरिरहेका छौं । सहकारी ऐन, नियमावलीमा राखेपछि जम्मा गरिरहेका छौं । कसरी उपयोग गर्ने भन्ने विषयमा नीति ल्याउला । कोभिडले गर्दा खासै ध्यान गएको छैन ।

संस्था कसरी बचाउने भन्ने विषय मुख्य भएकाले पनि सबै सहकारीले जम्मा गरे गरेन्न भन्ने कुरा प्रष्ट छैन । मन्त्रालयसँग समेत कसरी सहकारीको योगदान भयो भन्नेमा डाटा छैन । कोषमा बुझाए बापत के सुविधा पाउने अन्योल छ । छाता संगठनहरुले कोषको रकमबाट प्रारम्भीक सहकारीको हितका लागि काम गर्नु पर्छ ।

गत वर्षदेखि पैसा जम्मा गर्न थालेका छौं

नवराज कार्की (अध्यक्षः ज्योतिपुञ्ज साकोस, नयाँ बानेश्वर)

सहकारी प्रवद्र्धन कोषमा गत सालदेखि पैसा जम्मा गर्न थालेका छौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहने सहकारी प्रवद्र्धन कोषमा रकम छुट्टाएर जम्मा गरिरहेका छौं । गत साल १ लाख ३५ हजार कोषमा जम्मा गरेका थियौं ।

सहकारी प्रवद्र्धन कोष सहकारीको विकासका लागि सहकारी ऐन र नियमावलीमा गरिएको व्यवस्था हो । ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम सहकारी मन्त्रीको संयोजकत्वमा रहने समितिले निर्णय गरी रकम बाडफाड गर्छ ।

आवश्यकता अनुसार सदस्य सहकारी संस्थाको हितको लागि केन्द्रीय संघहरुले खर्च गर्छन् । कोभिडको बेला केन्द्रीय संघको भूमिका राम्रो रह्यो । पहिला संघहरुपति सहकारी संस्थाहरुको चासो कम थियो । तरलता व्यवस्थापन, भर्चुअल तालिम र पैरबीले केन्द्रीय संघको भूमिका बढायो ।

मानिस भौतिकरुपमा भन्दा पनि भर्चुअलरुपमा जोडिएर धेरै कुरा सिक्न र बुझ्न पाए । यस अवधिमा धेरै संस्थाहरु संघहरुमा पनि आबद्ध भए । लकडाउनका बेला बैंक तथा वित्तीय संस्था र सहकारीलाई विभेद त गरियो । अभियानले भूमिका पनि खेल्यो ।

अझै सशक्त भूमिका खेल्न सकेको भए सहकारीले दुःख नपाउने थिए । सहकारीका कर्मचारीलाई अब तुरुन्तै खोपको व्यवस्था गर्नु पर्छ । अहिले पहल पनि भइरहेको छ । सहकारी फ्रन्टलाइनर नै हो । सहकारीको विकासका लागि प्रवद्र्धन कोषले अझ रचनात्मक भूमिका खेल्न सकोस् ।

संघहरुले ऐन, मुताविक काम कारवाही गरेका छन्, छैनन् भनेर खबरदारी पनि गर्नुपर्छ । कोषको रकम छुटटएर मात्र भएन सम्बन्धीत कोषमा जम्मा गर्नु पर्छ । संघहरु हामी प्रारम्भीक सहकारीका अभिभावक हुन् । अभिभावकले राम्रो भूमिका खेल्न सके सहकारीको दुर्त विकास हुन्छ ।

भरोसा छैन

बासुदेव घिमिरे (अध्यक्ष : हिलटप जुनार बहुउद्देश्यीय सहकारी, तीनकुने)

सहकारीमा नयाँ विषय लिएर काम गर्छाै भन्दा पनि उल्लेखित विषय पूरा भएको छैन । राजनीति गर्नका लागि मात्र प्रारम्भीक सहकारी प्रयोग गर्न भएन । सहकारीका नाममा राजनीति गर्नका लागि प्रवद्र्धन कोषको रकम दुरुपयोग नहोस् ।

सन्र्दभ ब्याजदर आउँदा लडाइ गर्नुप¥यो । मुख्य कारोबारको विषय अझै सेटलमेन्ट भएको छैन । नयाँ विषय ल्याउँदा नराम्रो नभएपनि सबै खालका प्रारम्भीक सहकारीलाई हित हुनेगरी काम गर्नु पर्छ । केन्द्रीय संघलाई राज्यले कत्तिको सर्पोट भयो ।

कोषको रकम पाएर ती संघहरुले सदस्यको हितका लागि के काम गर्छन् भन्ने महत्वपूर्ण कुरा हो । तर सबै सहकारीले तोकिएको कोषमा रकम जम्मा गर्दैन । केन्द्रीय संघले सबैलाई हेरेका पनि छैन । संगत  र समन्वय हेर्दा बायस भएको देखिन्छ ।

पूर्णरुपमा पालना गर्दा सुरक्षित हुन्छ भन्ने केन्द्रीय संघहरुले आधार बनाएका छैनन् । कोषको रकम पाएपछि संस्थाको हितका लागि काम गर्छ भन्ने भरोसा छैन । तर गर्दैन भनेर छोडेर हिँडने कुरा पनि भएन । केन्द्रीय संघहरुले प्रारम्भीक सहकारीलाई दबाउने, उचाल्ने गर्नु भएन । संस्थालाई परेको अफ्ठारा फुकाउँदै जानुपर्छ ।

संसद विकास कोषजस्तो नहोस

पुस्कर सापकोटा (सचिवः नयाँ पुस्ता साकोस, नयाँ बजार)

सहकारी प्रवद्र्धन कोष नामैले प्रष्ट भएको छ । सरकारले अघिल्लो वर्ष पैसा हाल भनेको थियो । तर अरु कुरा आएको छैन । प्रवद्र्धन कोष भनिएर मात्र हुँदैन । ठोस कार्ययोजना आउनुपर्छ । कोष भनेर तिल्मिलाउने काम हो कि आशंका गर्न सकिने ठाउँ छ ।

वास्तविकरुपमा सहकारी कस्तो हिसाबले चलिरहेको छ भन्ने मुख्य कुरा हो । सहकारीका अभियान्तामा चेतनाको कमी देखिएको छ । चेतनास्तर बढाउन ध्यान दिनुपर्छ । सदस्यलाई जागरुक बनाउन सकियो, सञ्चालक समिति, लेखा समितिको अधिकारको बारेमा जागरुक बनाउन सकियो भने सहकारीको हित हुन्छ ।

अहिले सहकारी अभियानमा  झारा टार्ने काम भयो, क्याम्पेन अनुसार वास्तविक कार्ययोजना बनाएर नै अघि बढ्नु पर्छ । अभियान्ता, ठूला बडाले यसो गरौ भनेर मात्र हुँदैन, प्रारम्भीक सहकारीको हितका लागि ठोस कार्ययोजना ल्याउनै पर्छ ।

बालुवामा पानी हालेर त्यसको अर्थ छैन । माटोमा पानी हाल्दा त्यसबाट उर्मन सक्छ । सहकारी प्रवद्र्धन कोष नेताहरुको सांसद विकास भन्या जस्तै नहोस् । त्यसमा हाम्रो डर छ । सदुपयोग हुन्छ भन्ने आधार नभईकन रकम जम्मा गर्नु उपयुक्त लागेको छैन ।

शिक्षा, सूचना र तालिममा खर्च गर्नुपर्छ 

शिवहरि पौडेल (व्यवस्थापकः नवरस साकोस, चाबहिल )

सहकारीको हितका लागि सहकारी प्रवद्र्धन कोषले काम गर्छ । हामीले गत वर्षको जम्मा गरेका थियौं । यो वर्षको रकम जम्मा गर्न बाँकी छ । कार्यविधि बनाएर वितरण होला । प्रारम्भीक सहकारीले योगदान गरेको रकम केन्द्रीय संघहरुमार्फत भएपनि हितका लागि काम गर्नुपर्छ ।

शिक्षा, तालिम र सूचनामा खर्च गर्नुपर्छ । संघहरुले सहकारीको हितका लागि लबिङ गर्नुपर्छ । केन्द्रीय संघहरुले सहकारीको हितका लागि काम गरिरहेका छन् । अझै प्रभावकारी ढंगले भूमिका खेल्नुपर्छ । सदस्य सहकारी शिक्षाका लागि खर्च गर्न कोषको रकम उपयोग हुनुपर्छ ।

अहिलेको स्थितिमा संघहरुको भूमिका प्रभावकारी नभएको हुन सक्छ । तर समग्रमा आआफ्नो ठाउँमा काम गर्दै हुनुहुन्छ । कोभिडको समय भएकाले स्वास्थ्य चुनौति पनि छ । केन्द्रीय संघहरुले आफ्ना सदस्य सहकारीलाई मनोपरामर्श, काउन्सिलिङ गर्नुपर्छ ।

प्रवद्र्धनको पैसा सुशासनमा खर्च गर्नुपर्छ

लेमन श्रेष्ठ (ब्यबस्थापक : आयाम साकोस चन्द्रागिरी नपा–३ थानकोट)

हामीले लगातार तीन वर्षदेखिकै रकम जम्मा गरेका छौं । नाफाको ०.५ कोषमा रकम पठाउनुपर्छ । मन्त्रालयले केन्द्रीय संघलाई वितरण गर्ने भनेपनि अझै कार्यविधि बनेको छैन । २ वर्षदेखि जम्मा गरेका थियौं । यस वर्षको पनि असारमा जम्मा गरिसकेका छौं ।

रकम जम्मा गर्न विगतदेखि सुरु भएपनि सरकारले संघहरुलाई दिएको छैन । प्रवद्र्धनको पैसा सुशासनमा खर्च गर्नुपर्छ । संस्था कसरी चलाउने भन्ने विषयमा तालिम चलाउनु पर्छ । नाफा जति हुन्छ, त्यति रकम जम्मा गर्ने हो ।

सहकारी ऐन तथा नियममा जम्मा भएको रकम राष्ट्रिय सहकारी महासंघलगायत केन्द्रीय संघहरुलाई निश्चित प्रतिशतको आधारमा वितरण गर्ने भनिएको छ । कोषबाट आएको रकमले पक्कै पनि संघहरुले सहकारीको हितका लागि प्रयोग गर्नेछन् ।

जम्मा गर्ने तयारी छ

तारा घले (सुब्बा) ( ब्यवस्थापक– कम्पास साकोस,चाबहिल )