काठमाडौं । भरतपुर महानगरपालिका भित्र कार्यक्षेत्र रहेका ३२ सहकारी संस्था खारेजीको सूचिमा परेका छन् । महानगरपालिकाले सूचना प्रकाशन गरी उक्त सहकारी संस्थालाई खारेजी गर्नु नपर्ने कारण पेसगर्न भनेको हो । उक्त सहकारी संस्थाहरु लगातार दुईवर्ष भन्दावढि कुनै कारोवार नगरि निष्कृय रहेकाले खारेजीको सूचना प्रकाशन गरिएको महानगरपालिकाले जनाएको छ ।
ती सहकारी संस्थाहरुको कारोवार बार्षिक तथा मासिकरुपमा सहकारी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा अद्यावधिक नगरेको, प्रत्येक आवको तीनमहिना भित्र लेखा परिक्षण नगरेको, र ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरी सो को प्रतिलिपी नियामक निकायमा पेस नगरेकोले दर्ता खारेजी प्रकृया अघि बढाइने जनाएको छ।
सहकारी संस्थाहरुले गरेका कारोवारलाई वार्षिक तथा मासिक रुपमा सहकारी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा अद्यावधिक गर्नुपर्ने र प्रत्येक आवको तीनमहिना भित्र लेखा परिक्षण गर्नु पर्ने साथै ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरी सो को प्रतिलिपी तथा लेखापरीक्षण प्रतिवेदन लगायत अनुमोदित नीति र नियमहरु साधारण सभा भएको मितिले १५ दिनभित्र नियामक निकायमा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
खारेजीको सूचीमा रहेका संस्थाहरुः
१, ठिमुरा दुग्ध उत्पादक सहकारी
२, धौलाश्री कृषि सहकारी
३, सालघारी जडिवुटि उत्पादक सहकारी
४, कृष्ण दुग्ध उत्पादक सहकारी
५, सुरभि कृषि सहकारी संस्था
६, जनमैत्री जडिवुटि उत्पादक सहकारी
७, क्रियाशील कृषि सहकारी संस्था
८, परोपकार उपभोक्ता सहकारी
९, समर्पण दुग्ध उत्पादक सहकारी संस्था
१०, संयुक्त दुग्ध उत्पादक सहकारी संस्था
११, नमूना दुग्ध उत्पादक सहकारी संस्था
१२, मगलपुर साना किसान कृषि सहकारी
१३, प्रशिद्ध जडिवुटि सहकारि संस्था
१४, सहज कृषि सहकारि संस्था
१५, हस्तविर हिमाल दुग्ध उत्पादक सहकारी
१६, भुवनवस्ती दुग्ध उत्पादक सहकारी
१७, आदर्श दुग्ध उत्पादक सहकारि संस्था
१८, शारदानगर दुग्ध उत्पादक सहकारि संस्था
१९, इन्द्रेणी कृषि सहकारी संस्था लि।
२०, शखर दुग्ध उत्पादक सहकारी संस्था
२१, स्वयं सहायता कृषि सहकारि संस्था
२२, त्रिगाऊँ कृषि सहकारि संस्था लि
२३, रगिला दुग्ध उत्पादक सहकारी संस्था
२४, केरुङ्गा दुग्ध उत्पादक सहकारि संस्था
२५, पौरखी महिला कृषि सहकारी संस्था
२६, सुर्यरत्न दुग्ध उत्पादक सहकारि संस्था
२७, सुनौलो विहानी महिला दुग्ध उत्पादक सहकारी
२८, सृजनशील मौरी पालन सहकारि संस्था
२९, शुक्रनगर दुग्ध उत्पादक सहकारी
३०, मनोकामना कालीका दुग्ध उत्पादक सहकारी
३१, दिव्य ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी
३२, तेलौली दुग्ध उत्पादक सहकारि संस्था
Leave a comment