काठमाडौं । नवलपरासीको बर्दघाट चिसापानीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाले गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको उज्ज्वल भविष्य बनाउने उद्देश्य राखि, स्थापना गरेको कोषबाट विद्यार्थिहरुलाई ४० हजार बराबरको शैक्षिक सामग्री बितरण गरेको संस्थाका ब्यवस्थापक विष्णुबहादुर बस्नेतले जानकारी दिएका छन् ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको ‘शिक्षाको लागि अभिभावकत्व ग्रहण कार्यक्रम’ अन्तर्गत शैक्षिक सत्र २०८३ को लागि सस्थाले १० जना विद्यार्थीहरुको शैक्षिक अभिभावकत्व ग्रहण गरेको थियो । संस्थाले बैशाख २३ गते सस्थाका कोषाध्यक्ष रुक्मांगत पाण्डेको संयोजकत्वमा कार्यक्रम गरी शैक्षिक सामग्री बितरण सम्पन्न गरिएको जनाएको छ।



Leave a comment