काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त ठूला १० सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गरेको छ । समितिले समस्याग्रस्त घोषित १० वटा सहकारीका ९२ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्दैजाने समितिले जनाएको छ।
सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ।
समितिले पहिलो चरणमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।
त्यसैगरी समितिले तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ।
Leave a comment