काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धि अध्यादेश जारी गरेसंगै सहकारी ऐन ०७४ का कतिपय ब्यवस्थाहरु परिवर्तन भएका छन् । सरकारले सिफारिस गरेको सहकारीसम्बन्धी अध्यादेशमा सहकारीले गर्ने बचत ऋणको कारोबारको पनि ब्याख्या गरिएको छ।
सरकारले सिफारिस गरेको सहकारीसम्बन्धी अध्यादेशमा ‘बचत ऋणको मुख्य कारोबार’को परिभाषामा कुल बचत रकम वा प्रवाह भएको कुल ऋण रकमको आधारमा गरिएको छ । अध्यादेशमा सहकारी संस्थाको वासलातमा उल्लेख भएको कुल सम्पत्ति वा कुल दायित्व रकममा संस्थाद्वारा सङ्कलित कुल बचत रकम वा प्रवाह भएको कुल ऋण रकमको अनुपात पचास प्रतिशतभन्दा बढी रहेको सहकारी संस्था सम्झनु पर्छ।
त्यसैगरी सो शब्दले कुनै सहकारी संस्थाको वासलातमा पच्चिस करोड रूपैयाँभन्दा बढी रकमको कुल बचत वा कुल ऋण लगानी रहेका सहकारी संस्थालाई समेत जनाउँने उल्लेख छ।
Leave a comment