हाइलाइट

सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला ? 

सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला ?  :: Sahakari Akhabar

पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् ।

जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने अर्को सहकारीको शाख गुम्दैगएको छ । त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ ।

त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै केही सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला भन्ने जिज्ञासा राखेको छ, उहाँहरुको बिचार जस्ताको त्यस्तै प्रकाशन गरेका छौं ।

सहकारीमा निश्कलंकित ब्यक्तिहरुलाई चुनेर नेतृत्वमा पठाऔँ

तुईलाल श्रेष्ष्ठ ( अध्यक्षः बालकुमारी साकोस, भक्तपुर )

सहकारी बैंक भनेको सबै सहकारी संस्थाले कारोबार गर्ने संस्था हो । यसमा ब्यक्ति नभई संस्था सदस्य रहेर कारोबार गरेको हुन्छ । बैंकको शाखा भक्तपुरको ठिमीमा स्थापना गर्न यो संस्थाको पनि भूमिका ठूलो छ । सहकारी बैंकको अव आउने नेतृत्व सहकारीको मर्म र भावना बुझेको अभियानलाई आत्मसाथ गर्नसक्ने ब्यक्तिहरु चयन गर्नुपर्छ ।

सहकारी बैंकको नेतृत्वमा आउने ब्यक्तिहरुको प्रारम्भिक संस्थाको छानविन गरिनु पर्छ, उनीहरुले प्रतिनिधित्व गरेको संस्था दाग लागेको हुनुभएन । नितान्तरुपमा सहकारी अभियानमा योगदान गरेको ब्यक्तिहरु आउनुपर्छ । राजनीतिक पार्टीले सहकारी अभियानको नेतृत्वमा कार्यकर्ता पठाउने गरेको सहकारीकर्मीलाई सैह्यहुने छैन ।

विगत दुईतीन वर्षदेखि सहकारी बैंकले सदस्यलाई नाफा बितरण गर्न नसकेको कारण नकरात्मक पस्थिति सिर्जना भएको यो परिस्थतिलाई चिर्नसक्ने गरी नीति नियम बनाउन सक्ने, बातावरण निर्माण गर्नसक्ने नेतृत्वको खाँचो छ ।

सहकारी बैंकमा तरलता थुप्रिएको छ, त्यो तरलतालाई सुरक्षित लगानी गरी ब्यवसायिक संस्था निर्माण गर्नसक्ने योजना भएको नेतृत्व अवको आवश्यकता हो । सहकारी बैंक सहकारी अभियानको आशालाग्दो संस्था पनि हो, यसको काँधमा अभियान जोगाउने भार छ ।

त्यसैले सहकारी बैंकको गतिबिधिबाट राम्रो संदेश दिनसकिन्छ त्यतातर्फ सोच्नुपर्छ सवैले । सहकारी बैंकले दिएको वित्तिय सेवाका साथै सदस्य संस्थाहरुलाई वित्तिय साक्षरता जस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी छ । सहकारी बैंकको आगामी निर्वाचनमा सहकारीमा निश्कलंकित ब्यक्तिहरुलाई चुनेर नेतृत्वमा पठाउन सवै सहकारीकर्मीहरुलाई अनुरोछ गर्दछु ।

सहकारीको नेतृत्वकोलागि पार्टीबाट टिकट लयाउने प्रथा त्यागौं

गणेशप्रसाद नेपाल ( अध्यक्षः आयाम साकोस, ललितपुर )

सहकारी बैंकको नयाँ नेतुत्वले वर्तमान अवस्थामा सहकारीको गुमेको शाखलाई फर्काउन भूमिका खेल्नुपर्छ । सवै किसिमका सहकारीलाई समेटेर सहकारीकै बैंक हो भन्ने आभाष हुनेगरी नीति नियम निर्माण गरी अघि बढ्नसक्नु पर्छ । सहकारीको ब्यवसायीक क्षमता र दक्षता भएको ज्ञान भएको नेतृत्वको खाँचो छ, भाषण आशनमा रमाउने दलका कार्यकर्ता भएर सहकारी बैंक ब्यवसायिक हुनसक्दैन ।

सहकारी प्रति लगाव भएका, पार्टीका झोला नबोकेका, क्षतविक्षत भएको सहकारी क्षेत्रलाई पूनस्र्थापना गर्ने भिजन भएको नेतृत्व छनोट गर्न सबै सहकारीकर्मीमा मेरो अनुरोध छ । राजनीतिक दलको झोला बोकेर आउने अनि सहकारीबाट लाभ लिने सहकारी वेवास्ता गर्ने पार्टीको वकालत गर्नेहरु हामीलाई मान्य हुँदैन ।

हिजो दलका झोलेहरुलाई सहकारी अभियान जिम्मा लगाएकोले गर्दा आज सहकारी अभियानको यो हालत भएको छ । अव पनि हामी सहकारकिर्मीहरुले सोचेर सही नेतृत्व छनोट गरेनौँ भने पछुताउनु बाहेक केही हुँदैन । त्यसैले अहिले नेतृत्व चयन गर्ने बेलामा नै सबैले सोचौँ ।

सहकारी अभियानमा केही गर्नसक्ने, मिसन भिजन र प्लान भएको सहकारी अभियानमा योगदान गरेको सहकारीकर्मीलाई चुनौँ । सकभर सबै सहकारीकर्मीहरु बिच सहमती गरेर चयन गर्ने परिपाटी बसालौं, सहमतीका नाममा राजनीतिक दलहरु संगबाट टिकट ल्याउने परिपाटि त्यागौं । दलका कार्यकर्ताले सहकारी अभियानको भन्दा पार्टीको बढी वकालत गर्नेभएकोले यो प्रथा त्यागौं र सहकारी अभियानमा योगदान गर्नेलाई कदर गरौं ।



Leave a comment