चन्द्रागिरी नगर सहकारी समन्वय समितिद्धारा कोभिड आइसोलेसन सेन्टरलाई सहयोग

चन्द्रागिरी नगर सहकारी समन्वय समितिद्धारा कोभिड आइसोलेसन सेन्टरलाई सहयोग :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि १ लाख २५ हजार रुपैँया सहयोग गरेको छ ।

चन्द्रागिरी नगर सहकारी समन्वय समितिका संयोजक केशव पौडेल, सचिव लेमन श्रेष्ठ कास्कूनका अध्यक्ष दिपक पनेरु लगायतले आइसोलेसन सेन्टरका संयोजक विकास महर्जन तथा सचिव सम्पूर्ण महर्जनलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीब्र भएसँगै बलम्बुमा २०७८ जेठ ८ गतेदेखि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

कोभिड संक्रमित धेरै विरामीहरु आइसोलेसन सेन्टरबाट निको भएर गइसकेका छन् भने हाल सेन्टरमा ८ जना संक्रमित रहेका छन् । आइसोलेसन सेन्टर सञ्चालनार्थ विभिन्न संस्थाहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

यस अघि बलम्बु सहकारी समुहबाट पनि २ लाख आर्थिक सहयोग प्रदान गरिएको समन्वय समितिका सचिव लेमन श्रेष्ठले जानकारी दिए। चन्द्रागिरी नगरपालिकाको समन्वयमा २०७४ चैत्र ९ गते चन्द्रागिरी नगर सहकारी समन्वय समिति गठन भएको हो ।



Leave a comment