ललितपुर वचत संघको सहकारीमा आयकर तालिम सम्पन्न

ललितपुर वचत संघको सहकारीमा आयकर तालिम सम्पन्न :: Sahakari Akhabar

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुकालागि सहकारीमा आयकर तालिम सम्पन्न गरेको छ ।

कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी संघको नियमित कार्यक्रम अन्तर्गत सदस्य संस्थाहरुको क्षमता विकासको लागि ३ गते भर्चुअल तालिम सम्पन्न गरेको हो ।

संघका अध्यक्ष रामहरी बजगाईले सहकारी संस्थाहरुमा कर सम्बन्धी विभिन्न प्रकारका समस्याहरु उत्पन्न भएकोले तालिम दिनु परेको बताए ।

उनले तालिममा आय, निर्धारणयोग्य आय र करयोग्य आय, आर्थिक अध्यादेशका विशेष व्यवस्थाहरु, आयमा छुट हुने र कट्टी हुने रकमहरु, व्यवसायको कर गणनाका विशेष अवस्थाहरु, किस्ताबन्दी कर तथा स्रोतमा करकट्टीको विवरण आदि विषयहरु समावेश गरि तालिम सञ्चालन गरिएको बताए ।

सहकारीहरुले लेखापरिक्षक मार्फत नभई कर्मचारी मार्फत कर सम्बन्धी काम गर्न सबैलाई आग्रह गरे । तालिमको वरिष्ठ चाटर्ड एकाउन्टेन्ट क्षितिज शर्माले सहजीकरण गरेका थिए ।



Leave a comment