सहकारी बै‌कका सस्थापक, जोशीको नाममा पुरस्कार स्थापना गर्ने

सहकारी  बै‌कका सस्थापक, जोशीको नाममा पुरस्कार स्थापना गर्ने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संस्थापक अध्यक्ष राजेशहरि जोशीको नाममा पुरस्कार स्थापना गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बुधवार बसेको वैठकले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

पुरस्कार सम्बन्धी आवश्यक कार्यविधि, नाम, राशी लगायत आवश्यक कार्य गर्न बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिलाई जिम्मेवारी दिएको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।

उपसमितिले ल्याएको प्रस्ताव अनुसार जोशीको १३ औं दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा सहित पुरस्कारको घोषणा गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

यस्तै संस्थापक अध्यक्ष जोशी प्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि बैंकको केन्द्रीय कार्यालय सहित ६८ वटै शाखामा १३ औं पूण्य तिथिसम्म शोक पुस्तिका राख्ने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

जोशी बैंकको तदर्थ समितिको अध्यक्ष रही २०६० असार २५ गते बैंक दर्ता गर्ने जिम्मेवारीमा रहेका थिए । २०६० पुस देखि २०६५ पुससम्म बैंकको प्रथम कार्यकाल अध्यक्ष र २०६५ पुसदेखि २०७० मंसिरसम्म दोस्रो कार्यकाल सञ्चालकको जिम्मेवारीमा रहेर बैंकको प्रवद्र्धनमा योगदान गरेका थिए ।

हटौडामा जन्मिएर हाल ललितपुर निवासी ६६ वर्षीय जोशीको ह्दयघातका कारण जेठ ३० गते निधन भएको थियो ।

बैंक सञ्चालक समितिले बैंकका सल्लाहकार तथा बागमती प्रदेश सभाका सदस्य स्वर्गीय पशुपति चौलागाई, बैंकको पोखरा शाखामा कार्यरत कर्मचारी ङ प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका पिता दल बहादुर गुरागाई, सूचना सञ्चार तथा प्रकाशन उपसमितिका सदस्य रामसुधन तिमिल्सिनाका पिता इच्छाप्रसाद तिमिल्सिनाको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।



Leave a comment